२०८३ असोज २५ गते आइतवार | 2026 October 11th Sunday

प्रवासमा एकता, मातृभूमिमा योगदान – एनआरएनए २३औं वर्षमा

एनसिसी कतारका कावा अध्यक्षले भने "जहाँ नेपाली, त्यहीँ नेपाल, यही हो एनआरएनए अभियानको आत्मा ।"

दोहा ।नेपालीका लागि नेपाली’ भन्ने उदात्त मूलमन्त्रका साथ सन् २००३ मा सुरु भएको गैरआवासीय नेपाली (एनआरएन) अभियानले आज २२ वर्षको सफल यात्रा पूरा गर्दै २३औं वर्षमा प्रवेश गरेको छ।

विश्वका विभिन्न मुलुकमा फैलिएका नेपालीहरूलाई एउटै साझा सूत्रमा बाँध्दै, उनीहरूको ज्ञान, सीप, प्रविधि र पुँजीलाई मातृभूमिको समृद्धिमा योगदान गर्ने उ‌द्देश्यले जन्मिएको यो अभियान आज विश्वभर नेपाली पहिचानको प्रतीक बनेको छ।

 

यस अवसरमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतार (एनसीसी कतार केसी समूह) का कार्यवाहक अध्यक्ष रोशन अर्यालले शुभकामना सन्देश जारी गर्दै संघको आजको उपलब्धिमा हातेमालो गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।

उनले भनेका छन्, “जहाँ नेपाली, त्यहीँ नेपाल, यही हो एनआरएनए अभियानको आत्मा ।” एनआरएन अभियान कुनै व्यक्ति वा समूहको होइन, यो सम्पूर्ण नेपालीको साझा गौरव हो। प्रवासमा एकता र मातृभूमिप्रतिको प्रतिबद्धताले नै आज हामीलाई यहाँसम्म ल्याएको हो। अब यो यात्रालाई अझ सशक्त बनाउँदै नेपालको सामाजिक र आर्थिक उत्थानमा योगदान गर्ने समय आएको छ।”

 

अर्यालले कतारमा रहेका सम्पूर्ण गैरआवासीय नेपालीहरूलाई आपसी विश्वास, सहकार्य र साझा दृष्टिकोणका साथ अघि बढ्न आह्वान गर्दै २३औं स्थापना दिवसको अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८२ असोज २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस