२०८३ साउन २ गते शनिवार | 2026 July 18th Saturday

कतारमा अन्तर्राष्ट्रिय आप्रवासी दिवस भव्य रुपमा मनाईयो

दोहा_ कतारमा अन्तर्राष्ट्रिय आप्रवासी दिवस भव्य रुपमा मनाईएको छ ।

नेपाल, फिलिपिन्स,भारत र केन्याका आप्रवासीहरूले संयूक्त रूपमा शुक्रबार एक कार्यक्रमका विच अन्तर्राष्ट्रिय आप्रवासी दिवस भव्य रुपमा मनाएका हुन ।

मिनिस्ट्री अफ लेबर कतार (ministry of labour qatar),माई ग्रेन्नट फोरम इन एसिया Migrant Forum Asia (Mfa) र ईन्टर नेसनल अर्गनाइजेसन फर माई ग्रेन्नट (International Organization for Migration) को संयुक्त आयोजनामा भएको कार्यक्रममा कतारको श्रम मन्त्रालयबाट अलि अल खलफ,मिसाल,शालिम दरविस अल मोहनन्दीको उपस्थित रहेको थियो।

कार्यक्रममा नेपाली सँस्कृति झल्कने भेषभुषा सहित नेपाली महिला समाज कतारका बालकलाकार साथै तमु गुरुङ समाज कतारका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।

भारत,फिलिपिन्स,केन्याका कलाकारहरुले पनि आफ्नो देशको सँस्कृति झल्कने भेषभुषामा गायन तथा नृत्यहरु प्रस्तुत गरेका थिए।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा आप्रवासनका चुनौती र अवसरका बारेमा चेतना जगाउन र विश्वभरका आप्रवासीको योगदानलाई मान्यता दिन विश्वव्यापी रूपमा यो मनाइन्छ।

दिवस डिसेम्बर १८ मा मनाइने गरिएको भएपनि प्राबिधिक कारणले दोहामा रहेको क्राउन पाल्जा होटेलमा शुक्रबार  आप्रवासी दिवस मनाइएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २०८२ माघ ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस