२०८३ जेष्ठ १७ गते आइतवार | 2026 May 31st Sunday

अनेसास- नवोदित साहित्यिक वाचन श्रृङ्खलाको १२५ औ डवली दोहामा सप्पन्न

दोहा , कतारका विभिन्न ठाउँमा रहेका दर्जनौ साहित्यकारहरुको स्वस्फूर्त सहभागितामा अनेसास – नवोदित साहित्यिक वाचन श्रृङ्खलाको १२५ औ डवली सप्पन्न भएको छ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर र नवोदित साहित्य वाचनालय कतारको आयोजनामा मासिक रुपमा हुँदै आएको वाचन डवलीलाई निरन्तरता दिदै आईएमई कतार प्रतिनिधि हेमराज सुवेदीको बिशिष्ट आतिथ्यतामा दोहा स्थित आभा मञ्जु रेस्टुरेन्टको सभाहलमा १२५ औं डवली भएको हो।

नेपाली साहित्यिक रचनाहरुमा कविता,गजल,मुक्तक, लगायतका सृजनाहरु राख्ने साहित्यकारहरुमा प्रेम प्रसाद भट्टराई,सानू थपलिया,लेख कार्की,शेखर बस्नेत,नारायण भण्डारी ‘ निर्जल’,माया केसी,गणेश क्षेत्री,टीका खड्का ‘राष्ट्रप्रेमी’,चक्र कार्की,सन्तोष क्षत्री,दिपजंग शाह,विवस बियोगी लिम्बू,लिलानाथ घिमेरे,सोम थापा,सुरेश परियार’ आभास’,रुप रसाइली,धर्म सन्देश लगायतले आफ्ना दमदार प्रस्तुति मार्फत साहित्यिक माहोल तताएका थिए।

कार्यक्रमको संयोजकत्व साहित्यकार प्रकाश योगीले गरेका थिए भने सन्ध्याग्रुप अल्खोर कतारका बिशेष सल्लाहकार रामजी अधिकारी,लोक जोगी लगायत दुई दर्जन भन्दा बढिको साहित्यलाई माया गर्ने ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २०७९ जेष्ठ २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस