२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

प्रवासी नेपाली मञ्च कतारको अधिवेशनमा एमाले महासचिव पोखरेल आउने

 

दोहा ।प्रवासी नेपाली मञ्च कतारको छैटौं अधिबेशनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले ) का महासचिव शंकर पोखरेलको प्रमुख अतिथि रुपमा आउने भएका छन । प्रवास इन्चार्ज डा. राजन भट्टराई विशेष अतिथि रहने कार्यक्रम ११ जुलाई २०२२ का दिन ओसिस बीच होटलमा हुने तय भएको छ । अधिवेशनको निमन्त्रणा मञ्चका सचिवालय सदस्य विनेश तामाङले हस्तान्तरण गरेका थिए ।

लुम्बिनी प्रदेशका पुर्व मुख्य मन्त्री पोखरेल र भट्टराई कतार आउने भएपछि वैदेशिक रोजगारिको सिलसिलसिलामा कतारमा रहेका नेपालीहरु उत्साही रहेको मञ्च कतारका अध्यक्ष चानख पोखरेलले बताए ।

नेता द्वय पोखरेल र भट्टराई देशको समसामहिक राजनीति,आर्थिक अवस्था र गत स्थानिय चुनाव आगामी प्रदेश र संघको चुनावको पार्टीको धारण, राजनीतिमा युवाहरुको चिन्ता चासो र सहभागीता सम्बन्धमा पनि सम्बोधन गर्ने छन्।

अधिवेशनका दिन कतारमा रहेका सम्पुर्ण नेपाली समुदायलाई उपस्थितिको लागि पत्राचार गरिसकेको बताउदै कार्यक्रमलाई सभ्य र भब्य रुपमा सफल बनाउन पार्टी प्रति आवस्थावन कार्यकर्तालाई एक जुट भएर अगाडी बढ्न जोड दिएका छन ।

प्रकाशित मिति : २०७९ असार ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस