२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

श्री सल्हेश एकता मञ्च कतारद्वारा ब्लड क्यान्सर पीडित महरा बचाउ अभियान सुरु

दोहा जुन १७- श्री सल्हेश एकता मञ्च कतारद्वारा गत शुक्रबार देखि एक अभियान सुरु गरेका छन।
सनैयाको एसियन टाउन स्थित ग्राण्ड मल्लमा भएको सो बैठकमा धनुषा जिल्ला सबैला नगरपालिका -१२ घर भएको ब्लड क्यान्सर पीडित महरालाई बचाउनको निम्ति मञ्च कतारद्वारा यो अभियान संचालन गरेको मञ्चका अध्यक्ष दुर्गानन्द पासवानले जानकारी दिए।
काठमाडौ स्थित महाराजगन्जमा शिक्षण अस्पतालमा भर्ना भएका ब्लड क्यान्सर पीडित महराले आफ्नो ज्यान बचाई दिन सबै सङ्ग सहयोगको अपिल गरेका थिए।


आर्थिक अभावका कारण थप उपचार गर्न समस्या भएपछि महराले ज्यान जोगाउन सहयोग माङ्गेपछी मञ्च कतारले यस्तो अभियान संचालन गरेको अध्यक्ष पासवानले बताए।

प्रकाशित मिति : २०७९ असार ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस