२०८१ कार्तिक ६ गते मङ्गलवार | 2024 October 22nd Tuesday

“काम नगर्दा अनुरोध – काम गरे बिरोध “

दोहा । अहिले सडकमा बेच्न राखिएको मकै महानगर प्रहरीले उठाएर लगेको फोटो र भिडियोहरु सामाजिक सन्जाल तिर भाइरल भैरहेका छन।

परिवर्तनकारी आँखाले हेर्दा महानगरले गरेको प्रयास सहि छ। भलै सामान जफत गरेको जवर्जस्ति प्रक्रिया चाहिँ केही गलत होला तर पुर्व सुचना जारी गरि सके पछि पुनः अटेरी गर्ने लाई चाहिँ गर्ने अन्तिम तरिका यहि हो ।

यो मकै उठाएको एउटा दृश्यलाई हेरेर सबै सामाजिक सन्जाल तिर रुवाबासी र कोलाहाल छ । जो अहिले रुवाबासी गर्दै अनेक सहानुभूतिका स्टाटस पोस्टिदै छन , भोलि महानगर प्रदुसित भो , अव्यवस्थित भयो , फुट्पाथमा हिड्न सहज भएन , महानगरले के हेरेर बसेको? भनेर सुरुमै अग्रपङ्तिमा उफ्रीने पनि तिनै हुन। समाजमा एउटा यस्तो बर्ग छ , जो काम नगर्दा पनि सुख दिदैन अनि काम गर्दा पनि जस दिदैन ।

त्यसैले काठमाडौलाई ब्यवस्थित बनाउन केही कठोर कदम चाल्नै पर्छ तर ” बिकल्प सहित” । सहानुभूतिले मात्र देश चल्दैन जुन नेपालको अवस्थालाई हेरेर स्पष्ट भै सकेको छ । सहानुभुती दिन हामी नेपाली बिश्व मै माहिर छौं । लोग्ने मरेको सहानुभूतिमा उसैको श्रीमतीलाई मन्त्री बनाइदिन्छौ , श्रीमती मरेको उसैको लोग्नेलाई मन्त्री बनाउदिन्छौ । उस्को राज्नितिक धरातल हेर्दैनौ ।उस्को राजनितिक क्षमता हेर्दैनौ। रुवाबासी गर्दै भोट माग्छौ अनि अन्तमा उच्च पदमा पुर्याइसके पछि किन बिकास भएन भनेर फेरि पश्चताप गर्छौं । जस्तै मकैको प्रसङ हेर्दा – अहिले सडकमा मकै किन्ने मान्छे त्यही मकैको झोला बोकेर एकै छिन पछि पर तरकारी मन्डिमा अरु थप तरकारी किन्न पुग्छ । झोलामा मकै हल्लाउदै फेरि तरकरी मन्डि सम्म पुग्छ भने तरकारी मन्डिमा मकै बेच्नु र सडकमा बेच्नुमा आखिर के फरक रह्यो त ?चाहिने ले त जहाँ पुगेर पनि किनिहाल्छ ।त्यसैले हामी ग्राहकहरु पनि जहाँ दिशा लाग्यो त्यही कोपरा ल्याइदे भन्ने सुबिधाभोगी सम्म पनि नबनौ।

हिजो काठमाडौ बाट बिक्रम ट्याम्पु बिस्तापित हुदा पनि यस्तै रुवाबासी थियो , काठमाडौ सडक चौडा पार्दा पनि त्यस्तै रुवाबासी थियो तर अन्ततोगत्वा परिणाम राम्रो आयो । त्यसैले सडकका वास्तविक मगन्ते पहिचान गरि मानव आश्रममा स्थानान्तरण गर्नु , फुटपाथे व्यापार हटाएर ब्यवस्थित रुपमा म. न. पा दर्ता सहित ठेलाको ब्यवस्था गरी निश्चित पार्क , तरकारी मन्डि या कतै फराकिला सार्वजनिक स्थलमा आफुले सृजना गरेका फोहोर आफैले व्यावस्थापन गर्ने शर्तमा व्यवस्थित गर्नु महानगरको सकरात्मक प्रयास हो । जुन काठमाडौ परिवर्तनका लागि अनिबार्य छ।

बिरोध गर्नु पुर्व सन्सारका बिकासोन्मुख तथा बिकसित देशका शहरहरुको अवस्था गुगलमा सर्च गरि हेर्नुस र आफ्नो काठमाडौ लाई तुलना गर्नुस । जवाफ तपाईं आफैले पाउनु हुन्छ , तपाइँले गरेको बिरोध ठिक कि बेठिक ?

प्रकाशित मिति : २०७९ असार १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस