२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

बागमती प्रदेश समन्वय परिसद कतारबाट ५ जिल्ला संस्थाले तोडे सम्वन्ध !

दोहा, ०३ सेप्टेम्बर

गत २ सेप्टेम्बरमा सम्पन्न भएको बागमती प्रदेश समन्वय परिसदको अधिवेशनप्रती गम्भीर असहमती जनाउँदै ५ जिल्ला संस्थाले सम्बन्ध तोडेको घोषणा गरेका छन्।

उक्त प्रदेश समन्वय परिसदमा सामेल ७ वटा जिल्ला मध्ये ५ जिल्ला अध्यक्षहरुले संयुक्त विज्ञप्ति जारी गरि उक्त घोषणा गरेका हुन्।

पाँच जिल्ला रामेछाप सेवा समाज, दोलखा सेवा समाज, सिन्धुलि सेवा समाज, काभ्रेपलान्चोक सेवा समाज, र नुवाकोट सेवा समाजद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ “बागमती प्रदेश समन्वय परिषदमा सक्रिय रहेका सात वटा जिल्ला संस्थाका अध्यक्ष, विभिन्न अग्रज तथा समाज सेवी, बुद्धिजीवी, परिषदका कार्यसमिति एवं सल्लाहकारहरुको उपस्थितमा बसेको विशेष वैठक मार्फत भएको सर्वसम्मत निर्णय विपरीत अध्यक्ष लगायत अन्य कार्यसमिति घोषणा भएको बिषयमा हामी जिल्ला संस्थाहरूको गम्भीर आपत्ति रहेकोछ। ”
विज्ञप्तिमा बाग्मती प्रदेश समन्वय परिषद कतारसँग जिल्ला संस्थाहरुको आगामी दिनहरुमा समन्वय, सहभागिता र कुनै प्रकारको सम्बन्ध नरहने जनाइएको छ।

संयुक्त विज्ञप्ति मार्फत भनिएको छ “हामी जिल्ला संस्थाहरूको तर्फबाट कार्यसमितिमा सिफ़ारिश गरिएका पदाधिकारी तथा सदस्यहरूलाई आजकै मितीबाट लागु हुनेगरि फिर्ता बोलाउने निर्णय गरिएको छ। ”

अधिवेशनको पूर्वसन्ध्यामा गत २६ अगस्त बागमती प्रादेशिक अन्तर्गत जिल्ला संस्था तथा सम्वन्धित प्रदेशका बुद्दिजिवीहरुको बैठकले अध्यक्षका प्रत्यासी रहेका कविन्द्र कंडेललाई सर्वसम्मत अध्यक्ष बनाउने लिखित निर्णय गरेको थियो, जसमा अध्यक्षका अर्का प्रत्यासी राज देवकोटाले समेत सहमतिमा हस्ताक्षर गरेका थिए।

“हामीले २६ अगस्त कै सहमति अनुसार अधिवेशन संचालन गर्ने तयारी गरेका थियौं, अध्यक्षका प्रत्यासी राज देवकोटाले बन्दसत्रमा आएर पून: अध्यक्षमा दावी रहेको जनाए” बन्द सत्र अध्यक्ष मण्डलका संयोजक सागर नेपालले बताए। बन्द सत्रमा लामो रस्साकस्सी पछि कंडेलले विवादका विच आफु अध्यक्ष नबन्ने र बनी हालेपनि काम नपाउने  भन्दै आफ्नो सहज दावीबाट पछि हटेको जानकारी दिएपछि राज देवकोटालाई बन्द सत्रले अध्यक्ष घोषणा गरेको संयोजक नेपालले बताए।

प्रकाशित मिति : २०७९ भाद्र १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस