२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

अदृश्य मेरो प्रेम

म यस्तो प्रेममा छु,  जहाँ काल्पनिक छ, मेरो प्रिय मान्छे अनि मेरो प्रेम काहानीको प्रेमी, उ को हो कहाँ बस्छ, के गर्छ, नाम समेत थाहा छैन। हा हा हा यो पागल रहिछ लाग्यो नि है तपाईंहरु लाई ? हो म पागल नै हु, समझदार भएको भए मन खोलेर कहाँ हास्थे र । हो उ मेरो मुटुमा छ, जव आँखा बन्द गर्छु अनि उ आउँछ ।
कहिले काहिँ रिसाउछु, सुन्दर गुलाबको बुक्के ल्याएर मलाइ फकाउन खोज्छ, कतै गएर तिमीलाई मन पर्ने खाउ भन्छ म लाडिन्छु, उसको प्रस्तावलाई अस्वीकार गरे झै गर्दिन्छु, उ कान समाएर माफ माग्छ म माफि सबै कुरा भुलेर माफी दिहाल्छु । उसलाई पटकै मेरो ध्यान हुदैन उ म प्रती जति घनिष्ठ छ, उ आफ्नो काम परिवार साथीभाइ प्रति पनि उतिनै घनिष्ठ छ । उ सवैको प्रिय अनि सवैको सममानिन्य ब्याक्तित्वमा पर्छ । मैले मेरो प्रेमिमा जस्तो गुण चाहेको थिए उ शतप्रतिशत उस्तै छ ।

आहा ….कति मायालु छ, ईश्वरको वरदान जस्तो, जव देखि मैले आफूलाई युवा अवस्था भएको महसुस गरे तव देखि उ म सित छ । उ कस्तो देखिन्छ थाहा छैन तर जव उसको सुन्दर हृदय महसुस गर्छु म आफैमा हराउछु । सबैलाई सम्मान गर्ने, सबैलाई माया गर्ने, सवैलाई सहयोग गर्ने कुनै पनि छलकपट नभएको एक असल पुरुषको आभाष पाउछु ।

सांसरिक प्रेम भन्दा भिन्न छ मेरो प्रेम अनि मेरो प्रेमी,
न कसै को डर , न केही लालच ,न छुट्टिने पिर
न शंका नै, सबै काम सकेर ओछ्यानमा जान्छु आखा बन्द गर्छु । अनि उ आउँछ, जिस्किन्छ, चल्छ कहिले काहीँ झगडा पनि गर्छ । उसका कुरा हरु सुनाउँछ, मेरा कुरा हरु सुन्छ, अनि मायालु भाव ले मेरो निदार चुम्छ । कति खेर म निदाउछु कति खेर उ जान्छ पत्तो नै हुदैन ।

फेरिन्छन दिन, दैनिक गतिविधि अनि बिहान उठे पछिका दिनचर्या पछिको रात अनि आँखा चिम्म गरेर उस्को पर्खाइमा ………….. अदृश्य मेरो प्रेमकाहानी ।

सांसरिक प्रेम काहानि आहा कति मिठो छ है । देख्ने र सुन्ने गर्छु कहिले प्रेमि फेरिन्छन, कहिले प्रेमिका फेरिन्छन, कहिले त प्रेम काहानी नै फेरिन्छ । तर मेरो प्रेम काहानी अटल छ अमर छ पबित्र छ, अजम्बरी छ । कहिले मर्दैन किनकि मेरो प्रेमीको नाम छैन, तस्बिर छैन, न उसको कुनै ठेगाना नै छ । सानो छदा देखि प्रेमको महसुस गर्न चाहाने म । त्यसैले म छु उ म भित्र छ, जब देखि मेरो चाहानालाई मारियो तवबाट उ मै सित छ ।
मेरो कल्पनाको मेरो आफ्नो प्रेमी !!

प्रकाशित मिति : २०७९ असोज २ गते आइतवार
प्रतिक्रिया दिनुहोस