२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

टियू बिबिए कप : धरान र काठमाण्डौँ सेमी फाईनलमा प्रवेश

धरान / महेन्द्र बहुमुखी क्याम्पस धरानले आयोजना गरेको टियू बिबिए कप फुटबल प्रतियोगिता २०२२ को खेलमा आयोजक टिम महेन्द्र बहुमुखी क्याम्पस धरान र नेपाल कर्मस क्याम्पस काठमाण्डौँ सेमी फाइनलमा प्रवेश गरेका छन्।

धरान –१६ को रंगाशालामा १५ बाट सुरु भएको पाचौ दिनको म्याचमा के एण्ड के इन्टरन्यासन कलेज काठमाण्डौँलाई ६– ७ गोलले हराउँदै आयोजक टिम ( महेन्द्र बहुमुखी धरान ) सेमिफाइनलमा प्रवेश गरेको हो । के एण्ड के इन्टरन्यासनल कलेज काठमाण्डौँले पनि दोस्रो हाफमा १ गोल रहेको थियो ।

बराबरी स्कोरमा रहेका खेलाडी टिमलाई टाइब्रेकरका आधारमा खेल खेलाउँदा पनि बराबर स्कोर भएपछि खेलको निर्णय सडेन डेथका आधारमा गरिएको थियो । महेन्द्र बहुमुखी क्याम्पस धरानका खेलाडी रोहित भुजेल अफ द म्याच घोषित भए । निर्धारित समयको दोस्रो हाफको ३८ औँ मिनेटमा धरानले एक गोल गरेको थियो ।

खेलमा आयोजक टिमका अभिनय राई म्यान अफ द म्याच घोषित भए । नेपाल कमर्स क्याम्पस काठमाण्डौँले महेन्द्र बहुमुखी क्याम्पस दाङलाई १–३ अन्तरले पराजित गर्दै सेमि फाइनलमा प्रवेश गरेको हो । कर्मस क्याम्पसका खेलाडी समिर कटुवाल म्यान अफ द म्याच घोषित भए । भने निर्धारीत ७० मिनेटको खेलमा कुनै गोल हुन नसके पछि खेलको निर्णय पेनाल्टी सुट आउटमा आधारमा गरिएको थियो ।

प्रकाशित मिति : २०७८ चैत्र २० गते आइतवार
प्रतिक्रिया दिनुहोस