२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

कतारमा ११३ औ लक्ष्मी जयन्ती मनाईदै

दिल कुमार श्रेष्ठ, दोहा  । महाकवि लक्ष्मी प्रसाद देवकोटाको ११३औ जन्म जयन्ती चार संस्थाको सहकार्यमा मनाईने भएको छ। जन्मजयन्ती समारोह नवोदित साहित्यिक वाचनालय कतारको ११९ औ डबलीको अवसरमा कतारमा स्थापित साहित्यिक संस्थाहरु अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार शाखा, सन्ध्या ग्रुप अल्खोर, नवोदित साहित्यिक वाचनालय र एनसिसि कतारको साहित्य बिभागले आयोजना गर्न लागेको हो ।

कवि तथा गितकार नवराज लम्सालको एकल कविता वाचन हुने कार्यक्रममा प्रवेश शुल्क लाग्नेछ । जन्म जयन्तीको अबसरमा मनाइने यस्ता साहित्यिक समारोह अघिल्ला बर्षहरुमा पनि नेपालका ख्याती प्राप्त कवि तथा साहित्यकारको आतिथ्यतामा स -शुल्क सम्पन्न हुने गरेको थियो ।
२८ अक्टोवर २०२२का दिन चार संस्थाहरुको आयोजनामा हुने कार्यक्रम नज्मा स्थित सलिमार रेस्टुरेन्टमा हुने भएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक २ गते बुधवार
प्रतिक्रिया दिनुहोस