२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

फिफा विश्वकप फुटबलमा आज चार खेल हुदै जापानले जर्मनीको सामना गर्ने

दोहा – कतारमा जारी फिफा विश्वकप फुटबलमा २०२२ आज बुधबार पनि चार खेल हुँदैछन् । बुधबार समूह ईका दुई र समूह एफका दुई खेल हुनेछन् ।

समूह एफमा रहेका क्रोएसिया र मोरोक्कोबीच पहिलो खेल हुनेछ । यो खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे अल बायत स्टेडियममा सुरु हुनेछ । दोस्रो खेल समूह ईमा रहेका जर्मनी र जापानबीच हुनेछ । यो खेल खालिफा इन्टरनेसनल स्टेडियममा साँझ पौने ७ बजे सुरु हुनेछ ।

समूह ईमै रहेका स्पेन र कोस्टारिबीच आजको तेस्रो खेल हुनेछ । यो खेल राति पौने १० बजे सुरु हुनेछ । खेल अल थुमामा स्टेडियममा हुनेछ । समूह एफमा रहेका बेल्जियम र क्यानडाबीच मध्यराति पौने १ बजे खेल हुनेछ ।

यस खेल अहमद बिन अली स्टेडियममा हुनेछ ।

प्रकाशित मिति : २०७९ मङ्सिर ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस