२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

नेपाली जनप्रगतिशिल मञ्च कतारद्वारा रक्तदान कार्यक्रम सम्पन्न

दोहा-नेपाली जनप्रगतिशिल मञ्च कतारले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रबार दोहाको अलसाद स्थित हमाद हस्पिटल को न्यु ब्लड डोनेसन सेन्टरमा मञ्चले रक्तदान कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रममा रक्तदान गर्न इच्छुक १९८ भन्दा बढि रक्तदाताहरु मध्ये प्राविधिकरुपमा योग्य ठहरिएका ५८ जनाले रक्तदान गरेको मञ्चका अध्यक्ष बुद्धि प्रसाद भण्डारीले जानकारी दिएका छन।

कार्यक्रममा नेपाली नियोग कतारका द्दितिय सचिव  प्रबिण भट्टराई, नेकपा मओबादी केन्द्र का केन्द्रिय सदस्य एवं योङ कमिन्युष्ट लिग (YCL)  नेपाल का अध्यक्ष सुबोध सेर्पाली,एनआरएन एन सि सि कतारका अध्यक्ष मोहम्मद मुक्तता मुसलमान,नेपाली जनप्रगतिशील मञ्च मध्य पूर्ब संयोजक सन्नी कुमार ओली,जनप्रगतिशिल कतारका प्रमुख सल्लाहकार रमेश भट्ट,पूर्बअध्यक्ष होमनाथ शर्मा,जनसम्पर्क समितीका सभापती मोहम्मद अजिज अलि,प्रबासी नेपाली मञ्च कतारका अध्यक्ष प्रभात त्रिपाठी,प्रबासी नेपाली एकता मञ्च का उपाध्यक्ष गणेश प्रसाद ढकाल,नेपाली महिला समाज कतारका अध्यक्ष सरिता भण्डारी पौडेल ,समाजसेवी रमजान अलि मिया, समाजसेवी बिमल सुवेदी,समाजसेबी चानक पोखरेल,समाजसेवी तेज कटुवाल,समाजसेवी एवं रक्तदाता संघ कतारका अध्यक्ष रामजी खत्री,समाजसेवी मनिष यादब, समाजसेवी राकेश श्रेष्ठ, समाजसेवी प्रेमराज रिजाल,पत्रकार एवं समाजसेवी दिप जंग शाह,पत्रकार तिलु शर्मा,पत्रकार बिमल परियार लगायत कतारमा स्थापित सम्पुर्ण संघसस्थाका अध्यक्ष तथा प्रतिनिधि,समाजसेवी,बुद्धिजीवी,पत्रकार तथा कलाकार लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७९ मङ्सिर २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस