२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

रेमिट्यान्स बढाउन मन्त्रि श्रेष्ठका विभिन्न प्रस्ताव

काठमान्डौ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले रेमिटेन्स बढाउन मन्त्रि परिषदमा आज विभिन्न प्रस्ताव पेस गरेका छन ।
उनले नेपाल आउने रकम बैकिङ्ग माध्यमबाट ल्याउन सके विदेशी मुद्रा सञ्चिति बढेर बैंकहरूसँग लगानीयोग्य पुँजी बढ्ने बताए ।

मन्त्रि श्रेष्ठले वैदेशिक रोजगार वा रेमिटेन्सबाट अधिकतम लाभ लिन हुन्डीको सट्टा बैंकिङ च्यानल प्रयोग गरेर विदेशी मुद्रा ल्याउन आकर्षित गर्नुपर्ने समेत बताए ।

उनले नेपाल आउने रेमिटेन्स रकम औपचारिक माध्यमबाट ल्याउन सरकारले चाल्नुपर्ने कदमहरुबारे यस्ता प्रस्ताव समेत मन्त्रिपरिषदमा राखेका छन ।

 

– विदेशका प्रमुख शहरमा नेपाली बैंक स्थापना गर्नुपर्ने ।

–विदेशबाट सोझै नेपालको खातामा जम्मा हुने रकममा दुई प्रतिशतसम्म बढी ब्याजदर दिनुपर्ने ।

–औपचारिक माध्यमबाट नेपालमा पैसा पठाइरहेको प्रमाण पेस गरेमा नेपाल आउँदा ल्याउन पाउने सामान टिभी, गरगहना आदिमा सहुलियत दिने ।

–औपचारिक माध्यमबाट नेपालमा पैसा पठाइरहेको प्रमाण पेस गरेमा पुनः श्रम स्वीकृति लिंदा वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम दाखिला गर्नु नपर्ने ।

–बार्षिक रुपमा सवैभन्दा धेरै विप्रेषण पठाउने मध्येलाई राष्ट्रिय सम्मान गर्ने ।

–औपचारिक माध्यमबाट नेपालमा रेमिटेन्स पठाउनेहरुलाई राज्यबाट सेवा शुल्क लिएर प्रदान गरिने सेवाहरुमा ५० प्रतिशत सहुलियत दिने ।

–नेपाल फर्केर उद्यम गर्नेहरुलाई विदेशमा हुँदा पठाएको रकम बराबरै रकम निश्चित समयका लागि विना ब्याज उपलब्ध गराउने ।

–वैदेशिक रोजगारीमा जाने श्रमिकको बैंक खाता अनिवार्य गर्ने ।

–सरकारले तोकेबाहेक अन्य तरिकाबाट वैदेशिक रोजगारीमा जान पूर्ण रोक लगाउने ।

–वैदेशिक रोजगारीमा जान विद्यमान प्रकृयालाई सहज र सरल बनाउने ।

प्रकाशित मिति : २०७८ चैत्र २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस