२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

नेपाली राजदूतावास कतार र मानवसेवा आश्रम कतार समन्वय समितिको आयोजनामा अन्तरक्रिया कार्यक्रम सप्पन्न ( फोटो फिचर सहित)

दोहा – नेपाली राजदूतावास कतार र मानवसेवा आश्रम कतार समन्वय समितिको संयूक्त आयोजनामा एक दिने अन्तरक्रिया कार्यक्रम आइतबार दूतावासको सभाहलमा सप्पन्न भएको छ।

नियोग प्रमुख महामहिम राजदूत डा.नरेश विक्रम ढकालको सभापतित्वमा सहयोगापेक्षी (बेवारिसे, अशक्त, असहाय, अनाथ, अभिभावक विहिन, शारीरिक तथा मानसिक रूपमा कमजोर) सडक आश्रीत मानवमुक्त राष्ट्र नेपाल निर्माण र कार्यान्वयनका लागि कतारवासी नेपाली र संघ-संस्थाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम -२०२३ सप्पन्न भएको हो।

मानव सेवा आश्रमका परिकल्पनाकार एवं मानव सेवा आश्रम नेपालका संस्थापक अध्यक्ष रामजी अधिकारीको विशेष आतिथ्यता रहेको कार्यक्रम लाई सम्बोधन गर्दै कार्यक्रमका सभापति ढकालले कतारमा भएका विभिन्न संघसंस्थाले हप्तै पिछे गर्ने कार्यक्रमहरुको खर्च कम गरेर सडक आश्रीत मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्न सहयोग गर्न कतारबासी सम्पुर्ण नेपालीलाई अनुरोध गरे ।

विशेष अतिथि अधिकारीले कार्यक्रमको संचालन गरेको संक्षिप्त प्रशिक्षणात्मक कार्यक्रम लाई सम्बोधन गर्दै उनले  बेवारिसे,अशक्त,असहाय,अनाथ,अभिभावक विहिन,शारीरिक तथा मानसिक रूपमा कमजोर कोही पनि नेपालीहरुलाई  सडकमा देख्नु नपरोस बेवारिसे भएर सडकको बास नहोस् भनेर अबको दुई बर्ष भित्र नेपाललाई सडक आश्रीत मानवमुक्त राष्ट्र नेपाल घोषणा गर्ने बताए।

साथै कार्यक्रममा सडक आश्रीत मानवमुक्त राष्ट्र नेपाल अभियानका लागि बुद्धि प्रसाद भण्डारी,सरिता भण्डारी पौडेल,शोभाराम ओली,बिमल सुवेदी,नन्दलाल बिक,भानु भक्त दाहाल,अर्जुन संग्रौला,राजाराम शाही, कृष्ण पन्थी,पूर्ण पोखरीया,वुद्ध पाण्डे,सुजन धिताल,छविलाल भट्टराई, रोशन वि.सी,तेज कटुवाल,सुस्मा कटुवाल,कल्यान थापा,रघुनाथ शर्मा, नन्द लाल बिक,प्रभात त्रिपाठी र सरस्वती त्रिपाठीले कतारबाटै यो महाअभियानमा सहभागिता जनाएका छन।

कतारबाटै यो महाअभियानमा सहभागिता जनाउन एक आमाबुबाको छोरी छोरी बन्न मासिक रु.पाँच हजार,एक बाबुनानीको अभिभावक बन्न मासिक रु.पाँच हजार साथै कुनै एक जिल्ला आश्रमको आजिवन वार्षिक भोजन सेवा सदस्य बन्न रु. एक लाख एघार हजार एक सय एघार योगदान गर्नु पर्नेछ।

यसैबीच कतारमा परोपकारीमन हरुलाई  एक सुत्रमा बाध्न औपचारिक रूपमा मानवसेवा आश्रम कतार समन्वय समिति एक गठन गरिएको छ।जस्को संम्योजकमा रामजि खत्री,
सह संम्योजक छविलाल भट्टराई,राजाराम शाही,महासचिव संन्धा अर्याल,सचीव कमल अर्याल,कोषाध्यक्ष सुदर्शन भण्डारी,सह-कोषाध्यक्ष गोपाल खतिवडा रहेका छन।

तेस्तै सदस्यहरुमा साबित्रा शर्मा,भोज बहादुर साउद,बृन्दा अधिकारी,जिबस यादव,रेस्मी बिस्वकर्मा,साथै सल्लाहकारमा बुद्धि प्रसाद भण्डारी, बिमल सुवेदी,राकेश श्रेष्ठ,तेज कटुवाल, प्रेमराज रिजाल,क्रान्ति सिंह,सरिता भण्डारी पौडेल,धनराज गुरुङ रहेका छन।

यसैबीच कोशी प्रदेश संम्योजक भोला बस्नेत मदेश प्रदेश संयोजक नियाज शेख ,लुम्बिनी प्रदेश संयोजक समुन्द्र खडका,बागमती प्रदेश संयोजक माया खडका छेत्री,गण्डकी प्रदेश संयोजक सन्तोष पौडेल ,कर्णाली प्रदेश संयोजक दुर्गा बहादुर बिक,सुदुर पश्चिम् संयोजक परमानन्द भाट रहेका छन।

 

प्रकाशित मिति : २०७९ चैत्र १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस