२०८३ साउन १ गते शुक्रवार | 2026 July 17th Friday

नेपाली रक्तदाता संघ कतारले चौथो स्थापना दिवस मनाउदै

दोहा – नेपाली रक्तदाता संघ कतारले आफ्नो चौथो स्थापना दिवस भब्य रुपमा मनाउने भएको छ ।

रक्तदाता संघ कतारले आफ्नो चौथो स्थापना दिवस जुलाई २४ सोमबारका दिन भब्य रुपमा मनाउने भएको हो।

नज्मा स्थित एसियन स्टार रेस्टुरेन्टमा कार्यक्रमको आयोजना गरिएको नेपाली रक्तदाता संघ कतारका अध्यक्ष रामजी खत्रीले जानकारी दिएका छन।

संघका अध्यक्ष खत्रीले कार्यक्रममा सहभागीताका लागि एक विज्ञप्ति जारी गरी कतारमा रहेका सम्पूर्ण नेपाली समुदायलाई आग्रह गरेका छन ।

खत्रीले जारी गरेको विज्ञप्ति जस्ताको त्यस्तै ।

सादर निमन्त्रणा  ।

आदरणीय  कतारमा स्थापित सम्पूर्ण नेपाली संघ-संस्था प्रमुख ज्यूहरु , सामाजिक अभियान्ता ज्यूहरु, पत्रकार ज्युहरु साथै संस्थाका आजिवन एवम साधारण सदस्य ज्युहरु सम्पुर्णमा नमस्कार ।

नेपाली रक्तदाता संघ, कतारको चौथो स्थापना दिवस अवसरमा “चौथो स्थापना दिवस कार्यक्रम २०२३” तपसिलको मिति, समय र स्थानमा आयोजना गर्ने जानकारी गराउदै यहाँहरुको गरिमामय उपस्थितिको लागि सादर निमन्त्रणा गर्दछौं ।

(नोट :- आजिवन र साधारण सदस्यता लिनु भएकाहरुको सदस्यता प्रमाणपत्र पनि हस्तान्तरण गरिनेछ ।)

तपसिल :
स्थान : एसियन स्टार रेस्टुरेन्ट, नज्मा
मिति :-  २४, जुलाई,  २०२३  ( सोमबार )
समय :- साझ ७ बजे

रामजी खत्री
अध्यक्ष
नेपाली रक्तदाता संघ, कतार

प्रकाशित मिति : २०८० साउन ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस