२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

सिरहा सेवा समिती कतारको बार्षिक उत्सवको अवसरमाआईसीसी,एनसिसी कतारका हालै निर्वाचित पदाधिकारीलाई सम्मान (फोटो फिचर सहित)

दोहा-सिरहा सेवा समिती कतारले १८ औ बार्षिक उत्सव तथा साधारण सभा कार्यक्रमको अवसर पारेर गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद(आईसीसी) एनसिसी कतारका २०२३/ २०२५ कार्यकालका हालै निर्वाचित सम्पुर्ण पदाधिकारीहरुलाई सम्मान गरेको छ ।

समितीले १८ औ बार्षिक उत्सवको अवसर पारेर आईसीसी, एनसिसीका निर्वाचित सम्पुर्ण पदाधिकारीहरुलाई सम्मान गरेको हो ।

सिरहा समितिका कतारका अध्यक्ष जिवछ यादवको सभापतित्व तथा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्ट ज्युको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा मधेस प्रदेश समन्वय परिषद कतारमा आवद्ध जिल्ला सस्थांका प्रमुख एबं प्रतिनिधि, आईसिसी,एनसिसी कतारका विभिन्न ओहोदाका पदाधिकारीहरु पत्रकारहरुको उपस्थिति रहेको थियो ।

 

कार्यक्रममा बोल्दै भट्टले मजदुरको लागी श्रममैत्री एनआरएनए बनाउन प्रतिबद्धता रहेको बताएका छन।

 

पुर्व मेची देखि पश्चिम महाकाली सम्मका सम्पुर्ण संघ-सस्थां विभिन्न प्रदेश सङ्ग सहकार्य गरेर एनसीसी छाता सङ्गठन न भै साझां सङ्गठन आफुले प्रमाणीत गरेर देखाउने वचन प्रतिबद्धता व्यक्त गरेका थिए ।

उपाध्यक्ष मोहम्मद यासिन राईनको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण महासचिव तेजिलाल मन्डलले गरेका थिए।

सभापती यादवले एनसिसीका १९/२३ कार्यकालका  पदाधिकारीहरुले मधेस प्रदेश सङ्ग आवद्ध जिल्ला सस्थां जातिय सस्थांलाई कहिले पनि समन्वय,सहकार्य नगरेको र आफुलाई गुनासो रहेको बताए हालै निर्वाचित एनसिसीका बिभिन्न ओहोदाका सम्पुर्ण पदाधिकारीहरुलाईआफुले सम्मान गर्न पाउँदा निकै खुशी र हर्षित भएको बताए।


एनसिसीको २३/२५ कार्यकाल सफल बनाउन अन्त्य सम्म आफुले साथ दिने वचन प्रतिबद्धता जाहेर गर्दै कार्यक्रमको समापन गरेका थिए।

“सिरहा बासीहरुको चाहना सभ्य समाजको स्थापना” भन्ने मुल नाराका साथ सन: २००६ मा स्थापना भएको समिती कतार तथा गृह जिल्ला  सिरहामा बिभिन्न सामाजिक काम सक्रिय रहेको छ।

प्रकाशित मिति : २०८० साउन २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस