दोहा– प्रवासी भुजेल समाज कतारले आफ्नो १३ औँ स्थापना दिवस तथा चेलीबेटी भेटघाट कार्यक्रम गर्ने भएको छ ।
“भुजेल जातिको बिकास र उन्नतिको आधार सास्कृतिक चेतना शिक्षा र रोजगार” भन्ने मुल नाराका साथ कतारमा सन् २०१० देखि स्थापना भएको समाजले आफ्नो १३ औ स्थापना दिवस तथा चेलिबेटी भेटघाट कार्यक्रम गर्ने भएको हो ।
कतारको ग्रान्ड मलस्थित वेलफेयर रेष्टुरेन्टको सभाहलमा आगामी १५ सेप्टेम्बर शुक्रबारका दिन कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष युवराज भुजेलले जानकारी दिएका छन् ।
भुजेलले कार्यक्रममा कतारमा कार्यरत भुजेल दाजुभाई तथा दिदिबहिनी साथै गैर भुजेल दाजुभाई दिदिबहिनीहरूलाई पनि उपस्तिथिको लागि अनुरोध समेत गरेका छन्।
प्रकाशित मिति : २०८० भाद्र १८ गते सोमवार