२०८१ कार्तिक ५ गते सोमवार | 2024 October 21st Monday

चितवन युवा समूह कतारको अध्यक्षमा भारती(फोटो फिचर सहित)

दोहा–  चितवन युवा समूह कतारको १७ औ अधिवेशन सम्पन्न भएको छ।


डेग बहादुर भारती ( सुमन) को अध्यक्षतामा नयाँ कार्यसमिती चयन गदै १७ औ अधिवेशन सम्पन्न भएको हो।

समुहका अध्यक्ष श्याम कुमार पान्डेको सभापतित्व तथा चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितीका केन्द्रीय अध्यक्ष समीर केसीको प्रमुख आतिथ्यता सम्पन्न
अधिवेशनबाट प्रथम उपाध्यक्षमा गणेश थापा, दित्तिय उपाध्यक्षमा,शिव श्रेष्ठ, महिला उपाध्यक्षमा सदिक्षा थपलिया,महासचिवमा कृष्ण सुनार,सचीवमा अंकित श्रेष्ठ,कोषाध्यक्षमा सन्तोष घिमिरे सह-कोषाध्यक्षमा दिनेश कडेल र युवा संयोजकमा बिवश डल्लाकोटी चयन भएका छन।

त्यस्तै कार्यसमिती सदस्यहरुमा अमृतकुमार,राजु पौडेल, प्रकाश थापा,धन बहादुर सुनार, वीर बहादुर गुरुङ र नवीन गुरुङ निर्बिरोध रुपमा चयन भएका छन नवनिर्वाचित पदाधिकारीहरुलाई  सस्थांपक कोषाध्यक्ष ईस्वर राज पौडेलले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए।

महासचिव प्रकाश अर्यालले स्वागत गरेको कार्यक्रममा कलाकारहरुलाई मायाको चिनो  र पारिश्रमिक सहित कदरपत्रद्धारा सम्मान गरिएको थियो त्यस्तै एनआरएन ए एनसिसी कतारको युवा उपाध्यक्षमा चयन भएको उपलक्ष्यमा सुवास बहादुर थापा र एनसिसी कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थीलाई दोसल्ला ओडाएर मायाको चिनोद्धारा सम्मान गरिएको थियो ।

समुहले आयोजना गरेका विभिन्न कार्यमा विभिन्न किसिमका सहयोग तथा योगदान गरेकोमा दिपक एन्जिला कार्की, पत्रकार र  समुहका विभिन्न तहका पदाधिकारीहरु तथा पुर्व पदाधिकारीहरुलाई समेत मायाको चिनो प्रदान गरेको थियो।

कार्यक्रममा  एनसिसी कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थी,कतार भ्रमणमा रहेका आईसिसीका उपमहासचिव बिनय अधिकारी,मध्यपुर्व संयोजक केबी हमाल सङ्गै विभिन्न संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिको उपस्थिति सङ्गै मन्तव्य रहेको थियो शुभकामना वक्ताहरुले चितवन युवा समुहले स्थापना काल देखी आज सम्म निकै राम्रा र सराहनीय कार्यगरेको बताएका थिए ।

कार्यक्रमको समापन गर्दै सभापति पान्डेले पुरानो कार्यसमितिका राम्रा अभियान तथा कार्यलाई आफ्नो कार्यसमितिले पुरा गरेको र आफ्नो कार्यकालमा बॉकी रहेका कामलाई नयॉ समितिले पुर्णता दिने बिश्वास ब्यक्त गरे ।  कार्यक्रमको सहजीकरण पुर्वमहासचिव सुरेश परियारले गरेका थिए।

प्रकाशित मिति : २०८० असोज १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस