२०८२ असोज २९ गते बुधवार | 2025 October 15th Wednesday

कर्णाली प्रदेश समन्वय परिषद् कतारद्वारा भूकम्प पीडितलाई एक लाख सहयोग

दोहा– कर्णाली प्रदेश समन्वय परिषद् कतारले भूकम्प पीडितलाई एक लाख रुपैया सहयोग गरेको छ।

कर्णाली प्रदेश अन्तरगत पर्ने जाजरकोट जिल्ला केन्द्रविन्दु बनाएर कार्तिक १७ गते गएको भूकम्प बाट पीडितलाई परिषद्ले एक लाख रुपैया सहयोग गरेको हो।

भुकम्पले जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा ठूलो परिणाममा पुर्याएको मानविय एवं भौतिक क्षती प्रति  दुःख व्यक्त गर्दै परिषद्ले गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारसँग समन्वय गरी नेपाली राजदुताबास कतार मार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न  विजय कुमार बस्यालको अध्यक्षतामा बसेको बैठकले २७ सय ४५  रियाल ( एक लाख रुपैयाँ)एनसीसी कतारका अध्यक्ष रमेश भट्ट लाई  हस्तान्तरण गरेको छ।

रोजगारीको शिलसिलामा हाल कतारमा कार्यरत कर्णाली प्रदेश समन्वय परिषद् कतारका सदस्य नलगाड नगरपालिका ५ जाजरकोट निवासी मरिचमान शाहीको पूर्ण रूपमा दुई घर क्षति भयको र सोही घरमा रहेकी  उनकी ठूलीआमा  मायादेवी शाहीको मृत्यु समेत भयको हुनाले उनलाई  राहत स्वरूप सहयोगका लागि परिषद्ले एनसीसी कतारले कतार सँग समन्वय गरी पीडितलाई  कतारमै राहत प्रदान गराएको छ।

अघि पनि दशैं खर्च कटौती गरी परिषद्ले क्यान्सर पीडितलाई सहयोग गरेको थियो।

साथै तिहारको चहलपहलमा विनाशकारी भूकम्पले गर्दा सिंगो कर्णाली प्रदेश शोकमा परेको हुनाले अब आउने अधिवेशन बाहेक अन्य तिहार, छट इत्यादी कुनै पनि पर्व तत्काल एक वर्षको लागि नमनाउने भनी संस्थाले निर्णय गरि कतार स्थित नेपाली समुदायका सामाजिक, जातीय तथा वैचारिक संघसंस्था सम्पूर्णलाई जानकारी गराएको छ।

प्रकाशित मिति : २०८० कार्तिक २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस