२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

गैरआवासीय नेपाली तारा-सिजन ४ को उपाधिका लागि १० जना बीच प्रतिस्पर्धा हुने

दोहा-गैरआवासीय नेपाली तारा-सिजन ४ को उपाधिका लागि १० जना बीच प्रतिस्पर्धा हुने भएको छ ।

तेस्रो चरणको प्रतिस्पर्धाबाट गायन र नृत्य बिधाबाट पाँच/ पाँच गरि १० जना फाईनलिष्ट चुनिए संगै गैरआवासीय नेपाली तारा- सिजन ४ को  उपाधिका लागि १० जना बीच प्रतिस्पर्धा हुने भएको हो।

गैरआवासीय नेपाली सङ्घ (एनसीसी) कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा आयोजित “गैरआवासीय नेपाली तारा- २०२३ कतार सिजन ४” को तेस्रो चरणको प्रतिस्पर्धा शुक्रवार सम्पन्न भएको हो ।

प्लाजामलमा अवस्थित वेलफेयर रेस्टुरेन्टको सभा हलमा सम्पन्न प्रतियोगिताबाट  गायन बिधाबाट दिपक कुमार घले (भोटिङ न १), ईसान रेग्मी (भोटिङ नम्बर २), सुजन गुरुङ ( भोटिङ न ३), मानसिङ परियार (भोटिङ न ४) र रुस्तम तामाङ (भोटिङ न ५) रहेका छन।

त्यस्तै नृत्य विधाबाट जुनु माया कुमाल (भोटिङ न १), सरोज लामा (भोटिङ नम्बर २), निरु श्रेष्ठ (भोटिङ न ३), झरना राई (भोटिङ न ४) र सौजन चोहार (भोटिङ न ५) रहेका छन।

नेपाली कला संस्कृतिको सम्मान गरौँ, प्रवासमा रहेको प्रतिभाको खोजी गरौँ’ भन्ने नाराका साथ राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ, प्रवासमा लुकेर बसेको कलालाई प्रस्फुटन र उजागर गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको तेस्रो चरणमा अतिथि निर्णायकको भूमिकामा गायक तथा सङ्गीतकार प्रभात त्रिपाठी रहेका थिए ।

प्रतिस्पर्धाको गायन विधातर्फ वीरेन्द्र श्रेष्ठ, गुन्जन तामाङ र मङ्गल विक निर्णायकका रूपमा रहेका छन् भने नृत्य विधातर्फ भबिन तामाङ, भीम प्रसाद गुरुङ र जनक लाफा मगरले निर्णायकको जिम्मेवारी सम्हालेका छन् ।

पर्यवेक्षकद्घय बुधबल गुरुङ र क्रान्ति सिंहले कार्यक्रम अबधीभर निरिक्षण तथा सहभागीलाइ सुझाब राखेका थिए।

एनसीसी कतारका सचिव रोशन अर्याल र तमु समाजका महासचिव ज्ञान बहादुर गुरुङ (डिजन)ले सहजीकरण गरेको कार्यक्रममा एनसीसी कतारका अध्यक्ष रमेश भट्ट,तमु (गुरुङ) समाजकी अध्यक्ष टौमाया गुरुङ सहित एनआरएनए आईसिसिका बिभीन्न तहका ब्यक्तित्वको विशेष आतिथ्यता रहेको थियो ।

प्रतियोगिताको गायन विधाका विजेताले १ लाख ८१ हजार र नृत्य विधाका विजेताले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

फेब्रुअरी २, २०२४ मा हुने ग्राण्ड फिनालेका लागि अतिथि निर्णायक सहित आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई नेपालबाट कतार ल्याउन पहल भइरहेको आयोजकले जनाएको छ।

प्रकाशित मिति : २०८० पुष २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस