२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

कतारमा मृत्युदण्डको सजाय पाएका ८ भारतीय नौ सैनिक रिहा

दोहा-जासुसीको आरोपमा मृत्युदण्डको सजाय पाएका भारतीय नौसेनाका ८ जना पूर्व कर्मचारीलाई कतारले रिहा गरेको छ ।

भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिका अनुसार आठमध्ये सात जना भारत फर्किएका छन् । यसलाई भारतको ठुलो कूटनीतिक जीत बताएको छ ।

पुनरावेदनपछि मृत्युदण्डको सजाय ५ देखि २५ वर्षसम्म कैदमा परिणत भएको थियो । दोस्रो पुनरावेदनको सुनुवाई चलिरहेको बेला कतारका अमिरको आदेशमा उनीहरूलाई रिहा गरिएको हो ।

आठ पूर्व नौसेना कर्मचारीहरू अगस्त २०२२ मा जासुसीको आरोपमा पक्राउ परेका थिए र कतारी अदालतले अक्टोबरमा उनीहरूलाई मृत्युदण्डको सजाय सुनाएको थियो। यी सबै भारतीय नागरिक दहरा ग्लोबल कम्पनीमा काम गर्दै आएका थिए ।

 

 

प्रकाशित मिति : २०८० माघ २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस