२०८३ भाद्र ३ गते बुधवार | 2026 August 19th Wednesday

नेपाली नयाँ वर्ष २०८१ र ईद उल फित्रको अवसरमा कतारमा रक्तदान कार्यक्रम सम्पन्न

दोहा-नेपाली नयाँ वर्ष २०८१ र इस्लाम धर्मावलम्वीहरुको महान चाड ईद उल फित्रको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन।

नेपाली राजदूतावास दोहा कतार र नेपाली रक्तदाता संघ, कतारको संयुक्त आयोजनामा आयोजित रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेका थिए।

शुक्रबारका दूतावासको सभाहलमा सम्पन्न कार्यक्रममा रक्तदान गर्न इच्छुक ४२ जना मध्ये प्राबिधिक रूपमा योग्य ठरिएका २७ जनाले रक्तदान गरेका हुन।

“बिश्वब्यापी रुपमा हाम्रो अभियान,जहाँ नेपाली त्यहाँ रक्तदान भन्ने नाराका साथ सुरु गरिएको कार्यक्रममा कतार स्थापित विभिन्न संघ-संस्थाका प्रतिनिधि,पत्रकार, बुद्धिजीवी,समाजसेवी,व्यवसायी लगायत गरि ७२ जनाको उपस्थित रहेको कार्यक्रममा रक्तदाताहरु लाई प्रसंशा पत्र समेत प्रदान गरिएको थियो।

प्रकाशित मिति : २०८० चैत्र ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस