दोहा : गैरआवासिय नेपाली संघ कतारका दृतिय उपाध्यक्ष केशव कार्कीले, नेपाली समुदायको साथ सहयोग लिएर आसन्न “एनआरएनए कतारको” नेतृत्व सम्हाल्न तयार रहेको बताएका छ्न ।
नेपाल प्रवासी श्रमिक संघ (जिफन्ट सहयोग समुह ) कतारले आयोजना गरेको `१३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस कार्यक्रम´मा मन्तव्य राख्दै कार्कीले, आसन्न एनसीसी कतारको चुनावमा आफुले अध्यक्षमा उम्मेद्बारी दिन सक्ने र उक्त अधिबेशनमा दोहाको नेपाली समुदाय सङ्ग सहकार्य गरि नेतृत्व सम्हाल्न तयार रहेको जानकारि गराएका छ्न ।
एनसीसी कतारका संघ – संस्था बिभाग प्रमुख समेत रहेका कार्कीले अगाडि भने हिजोको दिनमा जसरि निरन्तर साथ सहयोग गर्दै आउनु भएको छ भोलि एनसीसीको चुनाव होश वा अरु सामाजिक कार्यगर्दा मलाई पुर्णत : साथ सहयोग चाहिएको छ ! मलाई तपाईंको साथ सहयोग चाहिएको छ तपाईलाई मेरो सहयोग चाहिएको छ । यो निरन्तर जारी रहोस् भन्ने कामना गर्छु ।
एनसीसी कतारले थुप्रै नेपाली श्रमीक हरुको राहत,उद्दार गरिरहेको जिकिर गर्दै उपाध्यक्ष कार्कीले कुनैपनि नेपाली श्रमिकहरु समस्या परेको खण्डमा जानकारी गराउन समेत आग्रह गरे ।
सम्भवत : आगामी जुलाईमा गैरआवासिय नेपाली संघ कतारको अधिबेशन हुने सम्भावना छ ।
कार्कीले गृह जिल्ला झापा सहित अन्य सामाजिक संघ संस्थामा सफल नेतृत्व गरिसकेका छ्न ।