२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

कतारमा ११औं अन्तर्राष्ट्रिय योग दिवस भब्य रूपमा मनाइदै

कतार : कतारमा ११औं अन्तर्राष्ट्रिय योग दिवस मनाइने भएको छ।
“आफ्नो भाग्य आफैं बनाउने विज्ञान” भन्ने मूल नारालाई आत्त्मासाथ गर्दै जीवन विज्ञान कतारले ११औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने भएको हो।

नेपालबाट आमन्त्रित जीवन विज्ञानका संस्थापक, आध्यात्मिक गुरुद्वय एल पी भानु शर्मा र रमेश नेपालको उपस्थितिमा अन्तर्राष्ट्रिय योग दिवस मनाउन लागीएको हो ।

शुक्रबार अल थुमामा रहेको द आर्टियुम हलमा दिउँसो एक बजेबाट सुरु हुने कार्यक्रममा उपस्थित भई निःशुल्क योग प्रशिक्षणको लाभ लिन कतारबासी सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा आयोजकले आग्रह गरेको छ।

कार्यक्रमलाई  व्यवस्थित रूपमा सम्पन्न गर्नको लागि  विभिन्न समिति र उपसमितिहरू गठन गरिएको छ ।

योग शरीर, मन र आत्मालाई एकसाथ जोड्ने समग्र अभ्यास हो। यसमा ध्यान, श्वासप्रश्वासको अभ्यास (प्राणायाम) र शारीरिक आसनहरूको संयोजन हुन्छ। पतञ्जलिको योग सूत्र जस्ता प्राचीन शास्त्रहरूको मार्गदर्शनमा आधारित योगले आन्तरिक शान्ति, आत्म चेतना र आत्मिक उन्नतिमा सहयोग गर्छ। अहिले योग भौगोलिक र सांस्कृतिक सीमाहरू पार गर्दै विश्वभर फैलिएको छ भने यो तन्दुरुस्ती, स्वस्थ जीवनशैली र तनाव व्यवस्थापनका लागि प्रभावकारी उपकरण बनेको छ।

हरेक वर्ष जुन २१ मा मनाइने विश्व योग दिवस शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्यको महत्त्वलाई उजागर गर्ने एक विश्वव्यापी अभियानमा रूपान्तरित भइसकेको छ।

 

प्रकाशित मिति : २०८२ असार ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस