
दोहा कतार
आईसीसी टी–२० क्रिकेट विश्वकप एसिया प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ को अन्तिम खेलमा नेपालले समोआविरुद्ध टस हारेर ब्याटिङ गर्दै २० ओभरमा ४ विकेटको क्षतिमा २११ रनको मजबुत योगफल खडा गरेको छ। यससँगै समोआले २१२ रनको लक्ष्य पछ्याउनुपर्नेछ। शुक्रबार ओमानको अल अमेरतामा भएको यो खेलमा दीपेन्द्रसिंह ऐरी र आसिफ शेखको शानदार प्रदर्शनले नेपाललाई उचाइमा पुर्याएको छ।
नेपालका ओपनर आसिफ शेखले सर्वाधिक ६९ रनको आक्रामक पारी खेले। उनले ४१ बलमा ७ चौका र ४ छक्का प्रहार गर्दै स्ट्राइक रेट १६८.२९ कायम गरे। सुरुमा कुशल भुर्तेलसँग १७ रनको साझेदारी गरेर आधार बनाएपछि उनले मध्य ओभरमा समोआका बलरमाथि दबाब सिर्जना गरे। यद्यपि, ड्यानियल बर्गेसको बलमा आउट भए पनि उनको पारीले नेपालको इनिङ्सलाई गति दियो।
कप्तान दीपेन्द्रसिंह ऐरीले पनि अर्धशतक प्रहार गरेर टोलीलाई बलियो स्थितिमा पुर्याए। उनले ३३ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै ६३ रन जोडे, जसले मध्यक्रममा नेपालको वर्चस्व कायम राख्यो। लोकेश बमले १२ बलमा ४ छक्कासहित ३९ रनको विस्फोटक पारी खेले भने रोहित पौडेलले २१ रन थपेर सन्तुलन कायम गरे। कुशल भुर्तेलले १७ रनको योगदान दिए।
समोआका बलर सौमानी ताई, डारियस भाइसेर, डानियल बर्गेस र नोअह मीडले समान १-१ विकेट लिए पनि उनीहरूले नेपालको ब्याटिङ लाइनअप रोक्न सकेनन्। ३ एक्स्ट्रा रनसहित नेपालले १०.५५ रन प्रति ओभरको दरले २११ रन बनायो।
नेपालले यो छनोटअन्तर्गत सुपर–६ को दुई खेलअगावै आगामी वर्ष हुने टी–२० विश्वकपमा स्थान सुरक्षित गरिसकेको छ। यो समग्रमा नेपालको तेस्रो टी–२० विश्वकप सहभागिता हो। यसअघि सन् २०१४ र सन् २०२४ मा नेपालले यो प्रतियोगिता खेलिसकेको छ।
अब समोआको ब्याटिङ पालो आएको छ, र नेपालको बलिङ आक्रमणले यो स्कोरको रक्षा कसरी गर्छ . समोआ अहिले सम्म को सुपर सिक्स को सबै गेम हारेर अंक तालिकाको लास्टमा छ l