२०८३ जेष्ठ १८ गते सोमवार | 2026 June 1st Monday

नेपाली फिटनेस टिम कतारद्वारा निशुल्क “पार्क एक्सरसाइज कार्यक्रम” शुरु गर्ने

दोहा । कतारमा रहेका नेपाली समुदायका लागि स्वास्थ्य र फिटनेस प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली फिटनेस टिम कतारले फेरि निशुल्क पार्क एक्सरसाइज कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, आत्मरक्षाका लागि खेलकुद” भन्ने मुल नारासहितको यस कार्यक्रम आगामी २१ नोभेम्बर २०२५ देखि कतारका विभिन्न पार्कहरुमा हरेक शुक्रबार बिहान ७:३० बजेदेखि ९:०० बजेसम्म सञ्चालन हुने निर्णय टिमको अध्यक्ष श्री कृष्ण सुनवारको नेतृत्वमा भएको बैठकले गरेको एक सुचना मार्फत जानकारी दिईएको हो।

कार्यक्रममा सहभागीहरूले आफ्नो फिटनेस सुधार मात्र नभई पेशेवर ट्रेनरबाट मार्गदर्शन पाउनेछन्। सहभागीहरूलाई आफ्नो साथमा पानी र टावल अनिवार्य रूपमा ल्याउन तथा उपयुक्त पहिरनमा उपस्थित हुन अनुरोध गरिएको छ। कार्यक्रम परिवारमैत्री पार्कमा हुने भएकाले पहिरनमा विशेष ध्यान दिन समेत सुझाव दिइएको छ।

कार्यक्रम सञ्चालन हुने पार्कहरू र सम्पर्क व्यक्तिहरू यस प्रकार छन्:

१. मुम्ताजा पार्क

किशोर मगर – 70424754,तिलकबहादुर राना मगर (लक्की) 74772152, मनकुमार मगर (हक्कु) – 74095989, गणेश अर्याल – 74065251, पुष्कर मगर – 50608154, गुरुङ लामा – 55116971, कृष्ण खरेल – 66077953

२. भिलाजियो पार्क

कृष्ण सुनार – 66185582, सुनिता सुनार – 66185582, लालबहादुर परियार – 74497147, किरण चौधरी – 70387253

३. ऐनखालिद (AC) पार्क

सलिम खान – 55574213, रमेश श्रेष्ठ – 70767485, बिनोद दर्नाल – 66574775, जर्न राई – 66142506, अस्लम – 50242394

नेपाली फिटनेस टिम कतारका अनुसार, पार्कमा उपस्थित हुने सबैले आफ्नो स्वास्थ्य र सुरक्षामा ध्यान राख्दै, पेशेवर मार्गदर्शनमा सहभागी हुन सक्नेछन्।

 

 

 

 

 

प्रकाशित मिति : २०८२ कार्तिक ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस