२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

सन्ध्याग्रुपको सातौं अबिधेशन शुक्रबार अल्खोरमा हुने

दोहा – कतारमा बिगत २००२ मा स्थापित संस्था “सन्ध्याग्रुप अल्खोर कतार”ले सातौं अधिबेशन गर्ने भएको छ ।

आगामी २० मे (शुक्रबार)का दिन कतारको अल्खोर स्थित “अल्खोर प्यालेस रेस्टुरेन्ट” को सभाहलमा आयोजन गरिएको उक्त कार्यक्रममा सातौं अधिबेशन संगै म्युजिक भिडियो विमोचन,मुग्लानी सौगातको ८३ औ साहित्यिक वाचन डवली तथा विविध सांस्कृतिक कार्यक्रम हुने संस्थाका सचिव ढाकाराम पौडेल “अर्जुन”ले जानकारी दिए ।

“समाज बिकाशमा प्रवाशिको योगदान” भन्ने मुल नारालाई लिएर कतारमा अगाडि बढेकोसन्ध्याग्रुप अल्खोर कतार संस्थाको साहित्यक, सांस्कृतिक र खेलकुद गरि ३ बिधालाई समेट्दै आएको छ ।

कतारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल संस्थाको कार्यक्रमका लागि कतारमा स्थापित विभिन्न सामाजिक तथा बैचारिक संघ संस्थालाई पत्रचार गरिसकिएको र अधिवेशन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको संस्थाका सचिव पौडेलले एफएनजे कतार न्युजलाई जानकारि दिए ।

प्रकाशित मिति : २०७९ जेष्ठ ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस