२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

कतार विश्वकप २०२२ काे खेल तालिका सार्वजनिक

 विश्वकप फुटबल २०२२ अन्तर्गत उद्घाटन खेलमा आयोजक कतारले इक्वेडरको सामना गर्ने  ।

दोहा– फिफाले शुक्रबार सार्वजनिक गरेको समूह विभाजन अनुसार उद्घाटन खेलमा कतारले इक्वेडरसँग खेल्ने भएको हो। कतार र इक्वेडरबीचको खेल नोभेम्बर २१ मा अल बायत स्टेडियममा हुनेछ। दुई टोलीबीचको खेल नेपाली समय अनुसार ३: ४५ बजे सुरू हुनेछ। पहिलो दिन थप तीन खेलहरू हुनेछन्। जसमा सेनेगलले नेदरल्यान्ड्ससँग नेपाली समय अनुसार १८:४५ बजे प्रतिस्पर्धा गर्नेछ।

त्यस्तै समूह ‘बी’का दुई खेल हुनेछन्। जसमा इङ्ल्यान्डले एसियाली मुलुक इरानसँग नेपाली समय अनुसार राती २१:४५ बजे खेल्दा यूएसएले स्कटल्यान्ड/वेल्स र युक्रेनमध्ये विश्वकपमा छनोट हुने एक टोलीसँग राती ००:४५ बजे खेल्नेछ। कतार विश्वकप आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुनेछ। कतार विश्वकपमा ३२ टोलीको सहभागिता रहने छ।

समूह विभाजन

समूह ‘ए’ :

कतार
नेदरल्यान्ड
सेनेगल
इक्वेडर
समूह ‘बी’ :

इङ्ल्यान्ड
अमेरिका
इरान
वेल्स/स्कटल्याण्ड/युक्रेन
समूह ‘सी’ :

अर्जेन्टिना
मेक्सिको
पोल्याण्ड
साउदी अरेबिया
समूह ‘डी’ :

फ्रान्स
डेनमार्क
ट्यूनिसिया
युएई/अष्ट्रेलिया/पेरू
समूह ‘ई’ :

स्पेन
जर्मनी
जापान
कोष्टारिका/न्यूजिल्याण्ड
समूह ‘एफ’ :

बेल्जियम
क्यानडा
क्रोएसिया
मोरक्को
समूह ‘जी’ :

ब्राजिल
स्वीटजरल्यान्ड
सर्बिया
क्यामरून
समूह ‘एच’ :

पोर्चुगल
उरुग्वे
दक्षिण कोरिया
घाना

प्रकाशित मिति : २०७८ चैत्र १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस