२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

डिजेल पेट्रालको मूल्य बढेसँगै देशभर इन्धन अभाव

काठमाडौँ  -डिजेल पेट्रालको मूल्य बढेसँगै देशभर इन्धन अभाव देखिएको छ ।

सोमबार बिहानैदेखि देशैभरका पम्पहरुमा इन्धनको अभाव देखिएको पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनले जनाएको छ ।

केही पेट्रोल पम्प सूचना टाँसेर बन्द गरिएका छन् भने खुलेका पम्पहरुमा सोमबार दिनभरि ग्राहकको भीड देखिएको छ ।

निगमका डिपोहरुले व्यवसायीले मागेको भन्दा २० प्रतिशत भन्दा धेरै इन्धनको कटौती गर्दा देशैभर समस्या देखिएको हो ।

आइतबार इन्धन वितरण नभएका कारण सोमबार अभाव सिर्जना भएको निगमले जनाएको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस