२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

खोटाङ सेवा समाज कतारको अध्यक्षमा श्रेष्ठ

गणेश क्षेत्री ।
दोहा- नेपाली समुदायको कतारमा स्थापित सबै भन्दा पुरानो तथा जेठो संस्थाको रुपमा परिचित खोटाङ सेवा समाज कतारको एघारौ अधिबेशन सम्पन्न भएको छ भने अध्यक्षमा कैलाश श्रेष्ठ निर्बिरोध निर्बाचित भएका छन।

दोहाको नज्मा स्थित सालिमार रेस्टुरेन्टको सभाहलमा संस्थाका अध्यक्ष रुद्र शर्माको सभापतित्वमा तथा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका प्रथम उपाध्यक्ष जैबी राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सस्थाका संरक्षक राम गुरुङ, प्रमुख सल्लाहकार तिला बहादुर खत्री, समाजसेवी तथा बुद्धिजीवी बिल बहादुर गुरुङ, सस्थाका सल्लाहकार तथा बिधान मस्यौदा समिति संयोजक तिर्थ संगम राई, आदिवासी जनजाति महासंघ कतारका वरिष्ठ उपाध्यक्ष भाईकाजी गुरुङ, किरात राई यायोक्खा शाखा कतारका अध्यक्ष शंकरमान राई, प्रदेश न. १ समन्वय परिषद कतारका महासचिव निरन नेपाल, बाग्मती प्रदेश समन्वय परिषद् कतारका उपाध्यक्ष बिष्णु भण्डारी, नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मियाँ र नेपाली महिला समाज कतारकी प्रथम उपाध्यक्ष माया केसीको विशेष आतिथ्यता, सस्थाका सल्लाहकार प्रेम प्रसाद भट्टराई लगायत दोहामा स्थापित बिभिन्न बैचारिक सस्था, साहित्यिक संस्था, जिल्ला संस्था र जातीय सस्थाहरुको आतिथ्यतामा र प्रवासी खोटाङे तथा गैर खोटाङे दाजु भाइ दिदी बहिनीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको प्रमुख अतिथि एनआरएनए कतारका प्रथम उपाध्यक्ष्य जेबी राइले प्रवासबाट समाजले गृह जिल्लालाई गरेका कार्यको प्रशंसा गर्नुभएको थियो । समाजले गर्ने कार्यहरूप्रति आगामी दिनमा व्यक्तिगत र संस्थागत दुवैमा सहकार्य गर्न तयार रहेको बताएका छन्। कार्यक्रममा रोजगारीका सिलसिलामा कतार पुगेर स्थापना गरिएका विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको बाक्लो उपस्थिति रहेको थियो । उनीहरुले खोटाङ सेवा समाज सँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता समेत जनाएका छन् ।

समाजका महासचिव कैलाश श्रेष्ठद्वारा सहजीकरण गरिएको कार्यक्रममा सभापति निवर्तमान अध्यक्ष रुद्र शर्मा आचार्यले समापन गरेका थिए।
सामाजिक संस्था खोटाङ सेवा समाज कतारको ११ औं अधिवेशनबाट कैलाश श्रेष्ठको अध्यक्षतामा निर्बिरोध निर्बाचित कार्यसमितिहरुमा वरिष्ठ उपाध्यक्ष: डिल्ली सेर खड्का, उपाध्यक्ष :चुडामणि पुरी,उपाध्यक्ष : बलराम लोप्चन, महासचिव :श्री पर्शुराम श्रेष्ठ ,उप-महासचिव : जीवन राई सचिव : बलराम आचर्य कोषाध्यक्ष : रबिन शेर्पा सह- कोषाध्यक्ष : राम कुमार मगर रहेका छन त्यसैगरी कार्यसमिति सदस्यमा सुदिप बुढाथोकी,सरोज काजी पाण्डे ,भिम कुमार दर्जी , बुद्धि बहादुर गिरी,टीका नारायण श्रेष्ठ ,बिश्व कला राई ,यादप पुरी,मुकेश परियार,महेश दाहाल लगायत रहेका छन।

प्रकाशित मिति : २०७८ चैत्र २० गते आइतवार
प्रतिक्रिया दिनुहोस