२०८२ माघ २० गते सोमवार | 2026 February 2nd Monday

कतारमा ‘सोनाम ल्होछारको भव्य तयारी: विश्व दोङ र मिना लामाको सांगीतिक धमाका हुने

दोहा, कतार ।

प्रवासमा तामाङ कला, संस्कृति र मौलिक पहिचानलाई जीवन्त राख्ने उद्देश्यका साथ कतारमा ‘सोनाम ल्होछार २०२६’ भव्य रूपमा मनाइने भएको छ। नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारको आयोजनामा मञ्जुश्री सम्बत २८६२ ‘त ल्हो’ (घोडा वर्ग) को अवसर पारेर आगामी फेब्रुअरी ६ तारिखमा विशेष सांस्कृतिक कार्यक्रम हुन लागेको हो।

तामाङ समुदायको महान राष्ट्रिय पर्व ल्होछारलाई उत्सवमय बनाउन नेपालका चर्चित गायक तथा संगीतकार विश्व दोङ तामाङ र प्रख्यात म्हेन्दो माया गायिका मिना लामा तामाङ कतार आउने निश्चित भएको छ संस्थाका अध्यक्ष फुर्बा तामाङले जानकारी गराए ।

उनीहरूको सांगीतिक प्रस्तुतिसँगै स्थानीय कलाकारहरूले प्रस्तुत गर्ने मौलिक तामाङ सेलो, नाचगान र झाँकीहरू कार्यक्रमको मुख्य आकर्षण रहने महासचिव रामबहादुर पाख्रिन तामाङ बताए ।

कार्यक्रम संयोजक दिलकुमार स्याङ्बो तामाङका अनुसार कार्यक्रमलाई व्यवस्थित र ऐतिहासिक बनाउन तयारी तीव्र पारिएको छ। आयोजक टोलीले यस पटकको ल्होछारलाई कतारमा रहेका नेपालीहरूबीच एकता र आपसी भाइचाराको सूत्रमा बाँध्ने कडीको रूपमा लिएका छन्।

कार्यक्रमको संक्षिप्त विवरण:

मिति: ०६ फेब्रुअरी २०२६, शुक्रबार

समय: मध्यान्ह ठिक १२:०० बजेदेखि

स्थानपार्लिङ सेशन इन्टरनेश्नल स्कुल (Pearling Season International School), दोहा

सुविधा: सहभागीहरूका लागि आयोजकले सहज यातायातको व्यवस्था सहित खानाको सुबिधा रहेको छ ।

आफ्नो भाषा, भेषभुषा र संस्कृतिको संरक्षणका लागि आयोजित यस ऐतिहासिक उत्सवमा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन कतारमा कार्यरत सम्पूर्ण तामाङ सहित नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आयोजकले हार्दिक निमन्त्रणा गरेको छ।

 

 

प्रकाशित मिति : २०८२ माघ १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस