२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

रमजानको शुभकामना धर्मिक सहिष्णुता र भाईचारा

नेपाली जनसम्पर्क समिति कतारकोे शुभकामना आदान प्रदान तथा बृहत इफ्तार कार्यक्रम सम्पन्न

 दोहा ।
कतारको नेपाली समाजले नेपालीहरुको आफ्नो संस्कार, संस्कृति र परम्परासंग जोडिएका बिशेष चाडपर्वहरुलाई शुभकामना आदानप्रदान गर्दै मनाउने गरिरहेका छन । यसै क्रमलाई निरन्तरता दिदै नेपाली जनसम्पर्क समिति कतारले नव बर्ष २०७९ तथा ईस्लाम धर्मावलम्वीहरुको पवित्र महिना रमजानको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

May be an image of 1 person, sitting and textशुक्रबार सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदूतावास कतारका द्वितीय सचिव प्रवीण भट्टराईले शुभकामना मन्तव्य दिदै हाम्रो परम्परा, संस्कार र सस्कृतिको संरक्षणमा कतारका नेपाली संघसंस्था महत्त्वपूर्ण भुमिका रहेको बताए । यसरी आफ्ना परम्परालाई मनाउने क्रममा सामुहिक रुपमा मनाउदा अझै भव्यता साथ गर्न सकिने भन्दै तर्कपूर्ण सन्देश दिएका थिए । दूतावासको कार्यशैली, विदाको दिनमा खुलेको दूतावासको अनुभव शेयर गरेका थिए । आवश्यकता रहेको खण्डम विदाका दिनहरूमा समेत दूतावास खुला गरि सेवाग्राहीलाई सेवा दिन सदैव तत्पर रहेको बताए।

May be an image of 5 people, people standing and indoor

कार्यक्रमका सभापति मो. अजिज अलिले उपस्थित सम्पुर्ण धन्यवाद व्यक्त गर्दै यस्ता शुभकामना आदानप्रदान गर्दा धर्मिक सहिष्णुता र भाईचाराको सन्देश दिने बताए । कार्यक्रमका लागी भरिभराउ हलमा एनआरएनए आइसिसि उपाध्यक्ष नरेन्द्र भाट, आईसिसि युवा उपाध्यक्ष राज रेग्मी, सचिव प्रवीण गुरुङ डिआरसि केवि हमाल लगायत विभिन्न धर्मिक तथा बैचारिक संगठन, प्रदेश समन्वय परिषद , जिल्लाका संघ संस्था प्रमुख तथा प्रतिनिधिहरूले शुभकामना मन्तव्य राखेका थिए ।

कतारको ह्वाइट हाउस रेस्टुरेन्ट मौलाना गुरुबाट कुरान पाठ गरि सुरुवात गरिएको थियो । स्वागत मन्तव्य उपसभापति ठाकुर परियारले दिएको कार्यक्रमलाई महामन्त्री केदार भुसालले संचालन गरेका थिए ।

May be an image of 4 people, people standing and indoor

प्रकाशित मिति : २०७९ बैशाख १० गते शनिवार
प्रतिक्रिया दिनुहोस