२०८२ पुष २ गते बुधवार | 2025 December 17th Wednesday

एकीकृत नेपाली प्रवासी श्रमिक संघ कतारले मनायो श्रमिक दिवस

दोहा-एकीकृत नेपाली प्रवासी श्रमिक संघ (ICTU Support Group) कतारको आयोजनामा श्रमिक दिवस तथा रमादानको शुभकामना आदानप्रदान सहित इफ्तार कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार `श्रम बिना समृद्धि सम्भव छैन´ भन्ने मुल नारा सहित श्रमिक दिवस (मे १)  तथा मुस्लिम धर्मावलम्बीको पवित्र महिना रमादानको शुभकामना आदानप्रदान सहित इफ्तार कार्यक्रम सम्पन्न भएको हो ।

प्रवासी नेपाली एकता मञ्च कतारका अध्यक्ष रामहरी गैरेको प्रमुख आतिथ्यतामा सम्पन्न  कार्यक्रममा १ सय पचास बढी दोहामा क्रियाशिल विभिन्न संघ -संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो ।

कार्यक्रममा गैर आवासीय नेपाली संघका युवा संयोजक अब्दुल वासिद, मध्यपुर्व महिला संयोजक सरिता भन्डारी, युवा सह-संयोजक मिनराज वाग्ले , गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, नेपाली जनसम्पर्क समितिका सह-महामन्त्री भुवन साउद, नेपाली जनप्रगतिशिल मञ्चका अध्यक्ष बुद्धि प्रसाद भन्डारी,प्रबासी नेपाली एकता  मञ्च का सचिव ज्वाला साही बिबेकशिल साझा सदभाव समुह कतारका महासचिव कल्याण थापा, श्रमिक कल्याणकारी संघका अध्यक्ष देव लम्साल, एकिकृत नेपाली प्रबासी श्रमिक  संघका सल्लाहकार पदम गिरि, सन्तोष रेग्मी,  नेपाल मगर संघका महासचिव नरेश मगर, PNCC प्रतिनिधि मोहम्मद हमिद, विश्व साइकल यात्री यसिन मामा लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

एकिकृत नेपाली प्रबासी श्रमिक संघका अध्यक्ष एकराज कटुवाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत रुक रानाभाटले र संचालन महासचिव गणेश ढकालले गरेका थिए ।

प्रकाशित मिति : २०७९ बैशाख १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस