२०८१ कार्तिक ६ गते मङ्गलवार | 2024 October 22nd Tuesday

पत्रकार महासंघ कतार शाखाको १६औँ स्थापना दिवस कार्यक्रम सम्पन्न

दोहा – नेपाल पत्रकार महासंघ कतार शाखाले १६ औं स्थापना दिवस तथा मुस्लिम धर्मावलम्बीहरूको महान पर्व इद उल फित्रको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

“शान्ति र लोकतन्त्रका लागि पूर्ण प्रेस स्वतन्त्रता ” भन्ने मूल नाराका साथ इश्वी सन् : २००६ मा स्थापना गरिएको महासंघ, कतार शाखाले आफ्नो (१६ औं ) स्थापना दिवस तथा ईद उल फित्रको शुभकामना समारोह दोहाको नज्मा स्थित सालिमार रेस्टुरेन्टको सभाहलमा भब्य अतिथिहरूको उपस्थितिको बीच सम्पन्न गरेको हो ।

महासंघ कतार शाखाको स्थापना दिवस हरेक वर्ष मे महिनाको ११ तारीक पर्ने भएपनि यसपाली, सबैको छुट्टी हुने दिन १३ तारिख शुक्रवार बिदाको अवसर पारेर सम्पन्न भएको हो । नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मियाँको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदूतावास कतारका द्वितीय सचिव प्रविण भट्टराई रहेका थिए ।

आफ्नो सम्बोधनको क्रममा प्रमुख अतिथि भट्टराईले दोहाबाट विभिन्न विधामा कलम चलाउने पत्रकारहरू सभामा सम्मानित भएकोमा खुशी ब्यक्त गरे । राज्यबाट थुप्रैचोटि आफू सम्मानित भएपनि ४ बर्षको कतार बसाईको क्रममा पहिलो पटक महासंघ कतारबाट सम्मानित भएकोमा आभार गरे । प्रवासमा रहेर गरिने पत्रकारिताको जटिलता ,विश्वशनियता र भोलीको दिनमा निम्ताउने अप्ठ्यारा परिस्थितीहरू सँग जुद्धै कलम चलाउनु बाध्यता भएको भन्दै समचार लेखनमा सत्यता, निष्पक्षता हुनुपर्नेमा भट्टराईले जोड दिए ।

वार्षिक उत्सवको अवसरमा केक काटेर सुचारु गरिएको कार्यक्रममा आयोजक संघका उपाध्यक्ष दिल कुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम संयोजक तिलु शर्मा पौडेलले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए । नेपाल पत्रकार महासंघ कतार शाखाको औचित्य तथा महत्वका बारेमा शाखाका अनुशासन विभाग संयोजक दिप जंग शाह र कतार शाखाको बारेमा संक्षिप्त जानकारी तथा सामुदायिक पत्रकारिताको बारेमा सस्थापक सदस्य एबं सल्लहाकार क्रान्ति सिंहले बताएका थिए ।

शुभकामना मन्तव्यहरूको बीचमा एक मात्र साहित्यिक रचना वाचन राखिँदा कार्यसमिति सदस्य तथा पार्षद संयोजक खेमराज सुवेदीले पत्रकारहरूका समसामयिक समस्याहरूलाई समेटेर तयार पारेको आफ्नै छन्दात्मक “पत्रकार” शीर्षकको कविता वाचन गरेका थिए।

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए ) का उपाध्यक्ष आर के शर्मा, उपाध्यक्ष नरेन्द्र भाट, यूवा उपाध्यक्ष राज रेग्मी,एनआरएन ए आईसिसि युवा संयोजक अब्दुल वासिद,एनआरएनए एनसिसि कतारका प्रथम उपाध्यक्ष जैवी राई,नेपाली महिला समाज कतारकी अध्यक्ष सरिता पौडेल भण्डारी, महासंघ कतार शाखा पुर्व सचिब  मो.अजिज अलि लगायतले उक्त कार्यक्रममा शुभकामना ब्यक्त गरेका थिए ।महासंघ कतार शाखाका प्रमुख सल्लाहाकार तिर्थ संगम राई,संस्थापक सदस्य सरोज बास्तोला सल्लाहकार सिताराम थापा, राम प्रसाद पराजुली लगायतको बाक्लो उपस्थिति रहेको थियो

कार्यक्रममा नेपाली राजदूतावासका द्वितीय सचिव तथा कार्यक्रमका प्रमुख अतिथि प्रवीण भट्टराई, संस्थापक सदस्य एवं सल्लाहाकार क्रान्ति सिंह, संस्थापक सदस्य सरोज बास्तोला र पत्रकार तथा ( सामाजिक ब्यक्तित्व ) रमेश ढकाल सम्मानित भएका थिए ।भने दिप जङ्ग साह,सन्तोष केसि लाई प्रोत्साहन पत्र प्रदान गरिएको थियो

नेपाल पत्रकार महासंघ कतार शाखाको १६ औं स्थापना दिवसको अवसरमा महासंघको निम्तोलाई स्वीकार गरी कार्यक्रममा उपस्थित भएर सफल तुल्याईदिने सम्पूर्ण संघ संस्था तथा सामाजिक अभियन्ताहरू प्रति कार्यक्रमका सभापति करिम बक्स मियाँले हार्दिक कृतज्ञता व्यक्त गरेका थिए । साथै कतार शाखाले पित पत्रकारीता नगर्ने गरेको, कतार जस्तो देशमा बसेर सामुदायिक, तथा प्यासन पत्रकारिता गर्ने पत्रकारहरूलाई समेटेर गुणात्मक तरिकाले समचार हरू लेखिने गरेको बताए । महासंघ कतार शाखा अरू संस्थाभन्दा छुट्टै रहेको बताउँदै मियांले भाषण भन्दापनि आफ्नो उदेश्य प्राप्तिमा केन्द्रित हुनुपर्नेमा जोड दिँदै कार्यक्रमको समापन गरेका थिए । कार्यक्रमको सहजीकरण नेपाल पत्रकार माहासंघ कतार शाखाका सचिव अर्जुन पौडेलले गरेका थिए ।

प्रकाशित मिति : २०७९ बैशाख ३१ गते शनिवार
प्रतिक्रिया दिनुहोस