२०८१ साउन २ गते बुधवार | 2024 July 17th Wednesday

महिला क्रिकेटमा नेपाल पहिलो खेलमा युगान्डासँग पराजित

काठमाण्डौ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली पहिलो महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय पाहुना टोली युगान्डासँग पराजित भएको छ ।
त्रिवि क्रिकेट मैदानमा आए भएको खेलमा नेपाल युगान्डासँग १२ रनले पराजित भएको हो ।

टस हारेर पहिले ब्याटिङ गर्न बाध्य भएको युगान्डा राष्ट्रिय महिला क्रिकेट टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०२ रन बनाएको थियो । बदलामा नेपालले १०३ रनको सहज लक्ष्य पछ्याउन नसकेपछि पूरा २० ओभर खेल्दा ९ विकेट गुमाएर ९० रन बनायो ।

नेपाल क्रिकेट संघले आयोजना गरेको प्रतियोगिता मे २१ गतेसम्म चल्नेछ । दुई टोलीबीचको दोस्रो टी–ट्वान्टी खेल मंगलबार हुनेछ ।

(Photo source: CAN)

प्रकाशित मिति : २०७९ जेष्ठ २ गते सोमवार
प्रतिक्रिया दिनुहोस