२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

घाइते युक्रेनी सेनालाई निकाल्न सुरु

एजेन्सी ।  रुसले मेरिउपोल एजोभस्टाल कारखानाबाट गम्भीर घाइते युक्रेनी सेनालाई निकाल्न थालेको बताएको छ ।

रुसी रक्षा मन्त्रालयले घाइते युक्रेनी सेनालाई निकाल्ने काम सुरु भएको जनाएको छ ।

युक्रेनी पक्षबाट हालसम्म कारखानाबाट नराम्ररी घाइतेहरूलाई बाहिर निकाल्ने बारे कुनै प्रतिक्रिया आएको छैन ।
“मे १६ मा मेरिउपोलको स्पात कारखानाको क्षेत्रमा अवरुद्ध गरिएको युक्रेनी सेनाका प्रतिनिधिहरूसँगको वार्ताको परिणाम स्वरूप, घाइतेहरूलाई हटाउने विषयमा सम्झौता भएको थियो,” भनि रुसी सरकारी संचार माध्यमले जनाएको छ ।

इनेप्लिजको सहयोगमा

प्रकाशित मिति : २०७९ जेष्ठ २ गते सोमवार
प्रतिक्रिया दिनुहोस