२०८१ साउन २ गते बुधवार | 2024 July 17th Wednesday

साउदीमा अब निजी क्षेत्रका कामदारहरूका लागि साप्ताहिक दुईदिन बिदा दिने तयारी

साउदी अरब- साउदी मन्त्रालयले सबै निजी क्षेत्रका कामदारहरूका लागि साप्ताहिक दुईदिन बिदा दिने छलफल गरेको छ ।

साउदी अरबको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले निजी क्षेत्रका सबै कामदारका लागि साप्ताहिक बिदा दुई दिन पु¥याउन काम गर्ने समयसँग सम्बन्धित श्रम कानूनको धारामा संशोधन गर्ने सम्भावनाबारे अध्ययन गरिरहेको जनाएको हो ।

श्रम बजारको हितमा काम गर्ने सबै उपायहरू गर्न मन्त्रालय इच्छुक छ’ मन्त्रालयका प्रवक्ता साद अल–हम्मादले भनेका छन । निजी क्षेत्रका सबै वर्गका श्रमिकका लागि साप्ताहिक बिदा दुई दिन लागू गर्नुपर्ने माग रहेको उनले बताए ।

अल–हम्मदका अनुसार रमजानको समयमा वास्तविक कामको घण्टा घटाइन्छ, किनकि यो दिन छ घण्टा भन्दा बढी हुँदैन।
श्रम कानूनको धारा ९९ ले स्पष्ट रूपमा देखाएको छ( ‘कानूनको धारा ९८ मा तोकिएको कामको घण्टा केही वर्गका कामदारहरूको लागि वा केही उद्योग र कामहरूमा कामदारले काम नगर्ने कामहरूमा प्रति दिनक नौ घण्टासम्म बढाउन सकिनेछ ।’

केही उद्योग र कामहरूमा खतरनाक वा हानिकारक हुने कामका लागि प्रतिदिन सात घण्टासम्म घटाउन सकिने अहमदीलाई उद्धत गर्दै साउदी गजेटले जनाएको छ ।

 

प्रकाशित मिति : २०७९ जेष्ठ ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस