एकपटक एक जना कुनै शहरी क्षेत्रका मेयर आफ्नै नगरपालिकाको कुनै सुक्खा क्षेत्रको बाटो हुँदै कार्यालय जादै थिए, बाटो दायाँ बायाँ थुप्रै परेवा र चराचुरुङ्गी पानीको प्यासले छ्ट्पटाउदै गरेको देखे ।
त्यो दृश्य देखेपछी मेयरको मनमा नराम्रो लाग्यो अनि तत्काल सुख्खा क्षेत्रभएका दुई वडाका वडा अध्यक्षहरुलाई बोलाए अनि ती सुक्खा क्षेत्रमा तत्काल पानीको ब्यबस्था मिलाउन भने र तत्कालका लागी दस /दस पानीका जार लगेर त्यो सुक्खा मैदानमा राखीदिन भने । पहिलो वडा अध्यक्ष आफुलाइ निकै बाठो ठान्दथे ।
जनतालाइ देखाउने एउटा यो राम्रो काम पाइयो ,यो कामले अर्को पटकको चुनावमा जनसमर्थन जुटाउन थप सहयोग मिल्छ भनेर तत्काल आफ्ना वडाका सबै जनतालाइ भेला गरि बृहत् कार्यक्रमको आयोजना गरे । अनि ती दश वटा जारको बिर्खो खोलेर कार्यक्रमको उद्घाटन गरे ,रिवन काटे , खादा ओढे ,भासण गरे अनि अन्तमा ती बिर्को खोलिएका जार हरु त्यो खुल्ला मैदानमा छोडिदिएर सबै घर फर्के ।
केही छिनमा चरा परेवाहरु आए र त्यो बिर्को खोलिएको जारको मुखमा टेकेर आफ्नो चुच्चोले भेट्न सक्ने जति लेबलको पानी पिए । जब त्यो जारको पानीको लेवल अलिकती मात्र घटेर चराचुरुङ्गीको चुच्चोले भेट्न नसक्ने लेवलमा पुग्यो त्यसपछि त्यहा कुनै पनि चराचुरुङ्गीले पानी पिउन सकेनन ।
तिर्खाएका चराचुरुङ्गी तिर्खाले छड्पटिदै आउथे अनि पानी पिउन नसकेर हार मानेर फर्कन्थे । त्यस्तै दोस्रो वडा अध्यक्ष अलि पढेलेखेका युवा थिए ,देश बिदेश घुमेर आएका , प्रबिधी जानेका बुझेका र आफै कृयटिभ पनि थिए ।उनले दश वटा पानीका जार पाउने बित्तिमै ती जार लिएर सुक्खा क्षेत्रमा गए अनि त्यहाको स्थानिय आरनको काम ब्यक्तिलाइ भेटे र आफुले गर्न लागेको काम बारे बताए ।
उनको कुरा सुनेर आरनको काम गर्ने दाइ खुसी भए र तत्काल पुराना फलामका टुक्रा जोडजाड बनाएर पानी पिउन मिल्ने ढुड ( फोटोमा देखाए जस्तै ) बनाइदिए ।अनि दुबै जना मिलेर गएर त्यो खुल्ला सुख्खा मैदानमा जारलाई एक /एक गरि घोप्टो पारी डुढबाट सबै चराचुरुङ्गीले सजिलै पानी पिउन मिल्ने र पानीको लेवल घट्दै जादा पानी आफै जम्मा हुने तरिकाले राखे अनि छेवैमा एउटा सुचना पनि टासिदिए – ” पशुपन्छी तपाईं हाम्रा अबोध साना बच्चाहरु जस्तै हुन ,यिनिहरुको पानी पिउने यो पधेरो भत्काएर पाप बोक्ने कष्ट नगर्नु होला ।
एक हप्ता पछाडी मेयर आफुले जिम्मा दिएको योजन के कस्तो भयो त भनेर आफै जाच्न निस्केछन र दुबै क्षेत्रको अनुगमन गरेछन । त्यहा हेर्दा त पहिलो वडा अध्यक्ष ज्युले राखेका दश वटा जार मध्य ४ वटा जार कसैले उठाएर लगेछन बाकी छ वटा जारमा पानी जस्ताको तस्तै रहेछ ।
चराचुरुङ्गी आउदै त्यही जारमा घुम्दै तड्पिदै गरेको देखे तर अर्को वडाको सुक्खा क्षेत्रमा गएर हेर्दा त्यहा त थुप्रै चराचुरुङ्गी चिर्बिर बिर्बिर गर्दै रमाउदै फलामको डुढबाट मजाले पानी पिउदै नाच्दै रैछन । मेयर फर्केर ती दुबै वडा अध्यक्षलाई पुनः बोलाए अनि आफुले गरेको अनुगमन बारे सबै बृतान्त बताए र अन्तमा भने – ” मैले तपाईहरु दुबै जनालाइ समान सन्ख्यामा दस /दस जार पानी दिएको।
तपाईं दुबै जनालाइ दश दश वोटा पानीका जार दिनु यो समानता ( Equality ) हो तर दोस्रो वडा अध्यक्ष ज्युले जसरी त्यही बराबर सन्ख्याको पानीको जारबाट चराचुरुङीले राम्रो सङ पानी पिउने बाताबरण र तरिका मिलाइदिनु भो, त्यो भनेको समता ( Equity) हो । अहिलेको आवश्यक बिकास मोडेल भनेको समानता मात्र नभएर समतामूलक बिकास मुख्य हो ।
साथै खर्चिलो तड्कभडक खालको कार्यक्रम ,नारा जुलुस , खादा ,उद्घाटन , भासण भन्दा लक्षित कार्यक्रम के हो र लक्ष अनुसारको उपलब्धि हासिल भयो या भएन भन्ने तिर ध्यान जानू जरुरी छ । अन्तमा मेयरले पहिलो वडा अध्यक्ष लाई भने – तपाईं पुन त्यो सुख्खा चौरमा जानुस ,स्थानिय ब्यक्तिहरुसङ आइडिया लिनुस , बिज्ञहरु सङ सल्लाह गर्नुस र लक्ष अनुरुपको काम सम्पन्न गर्नुस र त्यो हराएको चार वटा जार तपाईंलाई काधमा बोकेर हिड्ने तपाईंको झोले कार्यकर्ताले लगेको कुरा मैले पत्ता लगाइसकेको छु ,त्यो चार वटा जार पनि उ सङ बाट फिर्ता लिनुस र यस्ता अवसरबादी झोलेहरुको बिस्वासमा कहिल्यै नपर्नुस ।
मेयर अफिसबाट निस्किए । पहिलो वडा अध्यक्ष ट्वाआ परेर बसिरहे ।
-लमजुङ
हाल :कतार १८ मे २०२२