२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

साउदीका नागरिकलाई १६ देशको यात्रामा प्रतिबन्ध

दोहा ।

कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि साउदीका नागरिकलाई १६ देशको यात्रामा प्रतिबन्ध लगाइएको छ ।

साउदी गजेट र अल रियाद अखबारका अनुसार, साउदी जनरल डाइरेक्टोरेट अफ राहदानीले नागरिकहरूलाई लेबनान, सिरिया, टर्की, इरान, अफगानिस्तान, भारत, यमन, सोमालिया, इथियोपिया, प्रजातान्त्रिक गणतन्त्र कंगो, लिबिया, इन्डोनेसिया, भियतनाम, आर्मेनिया, बेलारुस, र भेनेजुएलाको यात्रा गर्न निषेध गरेको बताएको छ।

राहदानी महानिर्देशनालयले विदेश यात्रा गर्न चाहने नागरिकहरूलाई अरब राष्ट्रहरूमा यात्रा गर्दा राहदानीको वैधताको बाँकी अवधि ३ महिना र अन्य देशहरूमा ६ महिनाभन्दा बढी र बाँकी अवधि बाँकी रहेको सुनिश्चित गर्न पनि जोड दिएको छ।

प्रकाशित मिति : २०७९ जेष्ठ ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस