२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

नव–निर्वाचित जनप्रतिनिधिहरुलाई लमजुङ सेवा समाज कतारको बधाई तथा शुभकामना

दोहा ।

लमजुङ सेवा समाज कतारले लमजुङका नव–निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

समाजले पालिकापालिकामा पुगेर बधाई ज्ञापनका साथै परिचयात्मक कार्यक्रम गरेको हो । जनप्रतिनिधिसंग स्थानीय सरकार र लमजुङ सेवा समाज कतारबीच विभिन्न बिषयमा खेल्न सकिने समन्वयकारी भूमिका बारे छलफल गरिएको छ ।

सँस्थाले गत जेठ ९ र १० गते गरि क्लोहासोथर बाहेकका सबै ७ पालिकामा भ्रमण गरि नयाँ जनप्रतिनिधिहरुलाइ बधाई तथा शुभकामना प्रदान गर्नुका साथै सस्थाको गत कार्यकालको कार्यप्रगति प्रतिवेदन र यसै सालको भित्तेपात्रो समेत हस्तान्तरण गरेको थियो ।

समाजले दोर्दी गाउँपालिकाबाट सुरु गरी दूधपोखरी गाउँपालिका, राइनास नगरपालिका, सुन्दरबजार नगरपालिका, मस्र्याङ्दी गाउपालिका, बेंसीशहर नगरपालिका हुदै मध्यनेपाल नगरपालिकामा समापन भएको छ ।

क्व्होलासोंथरमा अर्को दिन कार्यक्रम गरिने समाजले जनाएको छ ।

सबै पालिकाहरुमा उत्साहप्रद तरिकाले सहयोग र सकारात्मक टिप्पणी प्राप्त भएको संस्थाले जनाएको छ ।
कार्यक्रमा दोर्दी गाउँपालिकाबाट: अध्यक्ष युवराज अधिकारी उपाध्यक्ष बिछ बहादुर घले, प्रमुख प्रशासकीय अधिकृत रुकमान गरुङ, वार्ड ४ अध्यक्ष मिन बहादुर गुरुङ, वार्ड ८ अध्यक्ष नारान घले लगायतको उपस्थिति थियो ।

दुधपोखरी गाउँपालिकाबाट :  प्रमुख धन प्रसाद गुरुङ, उपप्रमुख क्षेत्र बहादुर गुरुङ, प्रमुख प्रशासकीय अधिकृत रामबाबु अधिकारी, वार्ड १ अध्यक्ष दुर्गामान गुरुङ, वार्ड २ अध्यक्ष अमर गुरुङ, वार्ड ३ अध्यक्ष श्याम गुरुङ, वार्ड ४ अध्यक्ष ओम बहादुर गुरुङ, वार्ड ५ अध्यक्ष दल बहादुर गुरुङ, वार्ड ६ अध्यक्ष मनिष गुरुङ उपस्थित रहेको थियो ।

राइनास नगरपालिकाबाट ः अध्यक्ष खड्ग बहादुर गुरुङ, उपाध्यक्ष पुष्पराज खनाल, प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयल र वार्ड ५ अध्यक्ष शंख बहादुर नेपालीको उपस्थिति रहेको थियो ।
सुन्दरबजार नगरपालिकाबाट ः मेयरकृष्ण प्रसाद कोइराला, उपमेयर भवानी केसि, प्रमुख प्रशासकीय अधिकृत दिबाकर पौडेल र वार्ड ७ अध्यक्ष जयराम रेग्मीको उपस्थिति रहेको थियो ।

मर्स्याङ्दी गाउँपालिकाबाट: अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष जुनमाया थापा, वडा नं ८ अध्यक्ष धनसिङ तामाङ उपस्थिति रहेको थियोे भने बेसिशहरमा मेयर गुमानसिंह अर्याल, उपमेयर पद्मा गुरुङ, वार्ड ८ अध्यक्ष ऋषि राम बस्नेत उपस्थिति रहेको थियो ।

मध्यनेपाल नगरपालिकाबाट: उपमेयर सीता गुरुङ, प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्मा र वार्ड ६ अध्यक्ष विष्णु भक्त पौडेलको उपस्थिति रहेको थियो ।

भ्रमणमा संस्थाका द्वितीय उपाध्यक्ष बुद्धिसागर सुवर्णकार, तृतीय उपाध्यक्ष कल्याण थापा, अनन्त घिमिरे, देव गुरुङ, दिलमाया थापा साथै आ–आफ्नो पालिकामा टोलि पुग्दा पालिकाका सँस्थाका पदाधिकारी, पुर्व पदाधिकारीहरुको बाक्लो उपस्थीति रहेको थियो ।

भ्रमणका क्रममा शैलेन्द्र बुढाथोकी, प्रेम तिवारी, ठाकुर भट्ट, रामदेव भट्ट, कृष्ण बराल, शिव रसाइली लगायतले आ–आफ्नो पालिकामा टोलि पुग्दा सहभागिता समेत जनाएका थिए ।

सबै जसो पालिकाका प्रमुखहरुले परोपकारी सामाजिक संस्थाले यस प्रकार निश्वार्थ सेवा भावले काम गर्नु सकारात्मक भएको बताए ।
उनले आगामि दिनमा लमजुङ सेवा समाजसँग द्विपक्षीय समन्वय र सहायता आदानप्रदान गरिने बताए । पालिका प्रमुखहरुले शुभकामना ग्रहण गर्दै सम्पुर्णले अब आउदो पाँच वर्षमा नागरिकले महसुस गर्ने गरि समृद्धिका विविध कार्यक्रम र परियोजनाहरु लागु गरिने बताए ।

संस्थाका उपाध्यक्ष बुद्धिसागर सुवर्णकारले आगामी दिनमा लमजुङ जिल्लाका सबै पालिका प्रमुखहरुलाइ साझा अनलाइन अन्तर्कृय आयोजना गरी समग्र लमजुङको बृहत्तर हितमा छलफल आयोजना गरिने बताए । संस्थाका पुर्व सल्लहाकार कृष्ण बरालले सँस्थाले मध्यनेपाल नगरपालिकामा गरेका मानवीय सहायताको प्रसंग निकाल्दै द्विपक्षीय सहकार्य अझ प्रभावकारी हुने बताए ।

संस्थागत रुपमा निर्णय गरि सुरुवात भएको दुई दिने उक्त कार्यक्रम समापन पश्चात्त लमजुङ सेवा समाज कतारका अध्यक्ष सिताराम थापाले भ्रमण दलका सबै सहभागी , सहयोगी र भ्रमणको क्रममा जोडिनु हुने सबै शुभचिन्तक प्रती सिङ्गो संस्थाको तर्फबाट हार्दिक आभार र कृतज्ञता व्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण संस्थाका तृतीय उपाध्यक्ष कल्याण थापाले गरेका थिए भने समाजको गतिविधि र भ्रमणको उदेश्यबारे संस्थाका द्वितीय उपाध्यक्ष बुद्दी सागर सुवर्णकारले प्रकाश पारेका थिए ।

प्रकाशित मिति : २०७९ जेष्ठ ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस