२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

मैत्रीपूर्ण खेलमा नेपाल ओमानसँग पराजित

दोहा,

कतारमा बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलमा ओमानसँग २–० ले पराजित भएको छ। कतारको दोहामा शुक्रवार बन्द रङ्गशालामा भएको खेलमा ओमानलाई जित दिलाउन ओमार अल मलिकसी र इसाम अल सुभीले समान एक/ एक गोल गरे।

नेपालले हाल एएफसी एसियन कप २०२३ को छनोटको तयारीका लागि कतारमा बन्द प्रशिक्षण गरिरहेको छ। ओमानसँगको खेलसँगै नेपालको बन्द प्रशिक्षणअन्तर्गत मैत्रीपूर्ण खेलको तालिका पूर्ण भएको छ । नेपालले कतारमा तीन मैत्रीपूर्ण खेल खेल्यो। जसको पहिलो खेलमा नेपालले टिमोर लिस्टेसँग २–२ को र दोस्रो खेलमा श्रीलङ्कासँग १–१ को बराबरी खेलेको थियो।

एसियन कप छनोटको समूह ‘ए’ मा रहेको नेपाल अब कुवेत प्रतियोगिताका लागि आज नै कुवेत प्रस्थान गर्नेछ। नेपालले ८ जुनका दिन जोर्डनसँग खेल्नेछ भने ११ जुनका दिन कुवेत तथा १४ जुनका दिन इण्डोनेसियासँग खेल्नेछ ।

 

#फोटो गोल नेपाल

प्रकाशित मिति : २०७९ जेष्ठ २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस