
दोहा – एस्पायर जोन फाउन्डेसन (एजेडएफ) ले कतारको दोहामा रहेको टर्च टावरमा आधिकारिक रूपमा विश्वको सबैभन्दा ठूलो ३ सय ६० डिग्री स्क्रीन सार्वजनिक गरेको छ।
एस्पायर जोन फाउन्डेसन (एजेडएफ) ले सोमबार आधिकारिक रूपमा स्क्रिन सार्वजनिक गरेको हो।
जस्ले विश्वको सबैभन्दा ठूलो ३ सय ६० डिग्री स्क्रिनको रुपमा गिनिज वर्ल्ड रेकर्ड कायम गरेको छ ।
यो टावर ३ सय मिटर उचाइमा रहेको र शहरभरि ३ सय ६० डिग्री मनोरम दृश्यहरू सहित टर्च दोहाका व्यापक वास्तुकला, इन्जिनियरिङ्ग र प्राविधिक द्वारा डिजाइन गरिएको हो।
यो टावर डिसेम्बर २००६ मा कतारले आयोजना गरेको १५ औं एसियाली खेलकुदको केन्द्र बिन्दुको रूपमा चिनिएको थियोे ।
प्रकाशित मिति : २०७९ जेष्ठ ३१ गते मङ्गलवार