२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

इन्डोनेसियासँग नेपालको लज्जास्पद हार

दोहा – एएफसी एसियन कप छनोटको तेस्रो चरणको आफ्नो अन्तिम खेलमा नेपालले फराकिलो हार व्यहोरेको छ ।

कुवेतमा भएको खेलमा १० खेलाडीमा समेटिएको नेपाल इन्डोनेसियासँग ७-० गोल अन्तरले पराजित भएको हो ।

जाबिर अल अहमद स्टेडियममा इन्डोनेसिया विरुद्ध पहिलो हाफमा दुई गोल खाएको नेपालले दोस्रो हाफमा थप पाँच गोल व्यहोरेको थियो ।

डिफेन्डर सुमन अर्यालले दोहोरो पहेलो कार्ड सहित रातो कार्ड पाउँदा नेपाल १० खेलाडीमा समेटिएको थियो ।

यस हारसँगै समूह ‘ए’ मा रहेको नेपालले अंक विहीन रहदै प्रतियोगिताको अन्त्य गरेको छ ।

नेपाल समूहको पुछारमा रहेको छ ।

छनोटको पहिलो खेलमा नेपाल जोर्डनसँग २-० ले पराजित भएको थियो ।

यस्तै दोस्रो खेलमा नेपाललाई आयोजक कुवेतले ४-१ गोल अन्तरले हराएको थियो ।

इन्डोनेसियाले ३ खेलमा ६ अंक जोड्यो । इन्डोनेसिया दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस