२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

ओमान विरुद्ध नेपालको शानदार जित

दोहा – आईसीसी पुरुष क्रिकेट ‘विश्वकप लिग टु’ अन्तर्गत अमेरिकामा भईरहेको त्रिदेशीय सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ ।

नेपालले लिग टु को शीर्ष स्थानमा रहेको ओमानलाई ७ विकेटले हराएको हो ।

ओमानले दिएको १ सय ६४ रनको लक्ष्य नेपालले ३३ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पूरा गरेको हो ।

नेपालको जितमा आसिफ शेख र कुशल भुर्तेलले अर्धशतकीय इनिङ खेले ।

आसिफले ६२ रन बनाए भने कुशलले ५६ रनमा आउट भएका थिए ।

यस्तै देव खनाल १० रनमा आउट भएका थिए भने रोहित पौडेल २६ रनमा अविजित रहे भने दिपेन्द्र सिंह ऐरी ६ रनमा अविजित रहेका हुन ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ्ग गरेको ओमानले ४६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ६३ रन बनाएको थियो।

सन्दीप गौडले ४७ रन जोड्दा जतिन्दर सिंहले २३ रन जोडेका थिए ।

ओमानलाई सस्तैमा समेट्न करण केसीले ५ विकेट लिए भने उनले ९ ओभरमा मात्र ३३ रन खर्चिएका थिए ।

कप्तान सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिएका थिए ।

यस जितसँगै नेपालले १५ खेलमा १५ अंक जोडेका हुन ।
यो खेल संगै नेपाल पाँचौं स्थानमा उक्लिन सफल भएको छ ।

ओमान ३६ खेलमा ४४ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ ।

सिरिज अन्तर्गत नेपालले अन्तिम खेलमा अमेरिका विरुद्ध बुधबार राति खेल्नेछ ।

प्रकाशित मिति : २०७९ जेष्ठ ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस