२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

कतारमा निर्माण सामग्रीको ढुवानीमा लुकाएर राखेको सुर्ति बरामद

दोहा – हमाद बन्दरगाह भन्सारले निर्माण सामग्रीको ढुवानीमा लुकाएर राखेको सुर्ति बरामद गरेको छ ।

सामुद्रिक भन्सार प्रशासनले ८ सय १० केजी प्रतिबन्धित सुर्ति बरामद गरेको हो ।
विभागले आज एक ट्वीट गर्दै सामुद्रिक भन्सार प्रशासनको हमाद बन्दरगाह भन्सारले निर्माण सामग्री भित्र व्यावसायिक रूपमा लुकाइएको ८ सय १० केजी निषेधित सुर्ती बरामद गरेको जानकारी दिएको हो।

भन्सार प्राधिकरणले देशभित्र अवैधानिक पदार्थ ओसारपसार नगर्न निरन्तर चेतावनी दिँदै आएको छ ।

प्रकाशित मिति : २०७९ असार २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस