२०८१ भाद्र ३० गते आइतवार | 2024 September 15th Sunday

अर्जेन्टिना साउदी बिरुद्ध १-० अगाडि

दोहा ।कतारमा जारी फिफा विश्वकप फुटबलमा अहिले उपाधि दाबेदार अर्जेन्टिनाले साउदी अरेबियासँग प्रतिस्पर्धा गरिरहेको छ ।लुसेल स्टेडियममा जारी खेलमा अर्जेन्टिनाले साउदीविरुद्ध सुरुआती अग्रता बनाएको छ ।

कप्तान लियोनल मेस्सीले १० औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका हुन् ।
साउदीका साउद अब्दुलहामिदले अर्जेन्टिनाका लिन्ड्रो पारेडेसलाई पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि भीएआरको सहायताले रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी दिएको हो।

प्रकाशित मिति : २०७९ मङ्सिर ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस