२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

विश्वप्रसिद्ध महान फुटबलर पेलेको निधन

दोहा-विश्वप्रसिद्ध महान फुटबलर पेले (एड्सन आरान्तेस दो नासिमेन्तो)को निधन भएको छ ।
८२ वर्षीया ब्राजिलियन फुटबलर पेलेको उपचारको क्रममा आज अस्पतालमा निधन भएको हो ।

पेले विश्वका एकमात्रै यस्ता महान खेलाडी हुन जसले आफ्नो करियरमा तीन पटक विश्वकपको उपाधि जितेका छन् । उनले १९५८, १९६२ र १९७० मा विश्वकप जितेका थिए ।

पेलेले आफ्नो फुटबल खेल जीवनमा १३६१ खेलमा १२८१ गोल गरेका छन् । जसमा उनले आफ्नो देशको लागि ९२ खेलमा ७७ गोल गरेका छन् ।
उनी मिर्गौला र प्रोस्टेट रोगबाट ग्रसित थिए ।

प्रकाशित मिति : २०७९ पुष १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस