
दोहा:विश्वकप च्याम्पियन लियोनल मेस्सी सहित पेरिस सेन्ट जर्मनको टिम कतार आएको छ ।
विश्वकप च्याम्पियन मेस्सी सहित ब्राजिलका नेयमार,फ्रान्सका विश्वकप स्टार केलियन एम्बाप्पे सहितको पेरिस सेन्ट जर्मनको टिम कतार आएको हो।
खेलाडीहरु कतार एयरवेजको विमानमा बुधबार बिहानै कतार आइपुगेका हुन् ।
टोलीले खलिफा स्टेडियममा साँझ प्रशिक्षण गर्नेछ र कतारमा क्लबका साझेदारहरूसँग आयोजित एक्टिभेसनको श्रृंखलामा पनि भाग लिनेछ।
टोली बिहीबार साउदी जानेछ ।टोलीले साउदीका शीर्ष क्लब अल–हिलाल र अल–नासरका अल–स्टार ११ विरुद्ध खेल्ल्दैछ।
रियादको किंग फहद स्टेडियममा हुने खेलमा स्टार फरवार्डद्वय क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सी मैत्रीपूर्ण खेलमा आमनेसामने हुँदैछन् ।
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनले साउदी अल स्टार ११ को सामना गर्दा यी दुई २ वर्षपछि एक अर्कासँग भिड्न लागेका हुन्।
डिसेम्बर २०२० मा युभेन्टसले बार्सिलोनालाई ३-० ले हराएपछि उनीहरूबीच भिडन्त भएको छैन।