
दोहा-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कतार आउने भएका छन्।
अतिकम विकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड मार्च ३ तारिक शुक्रबार कतार आउन लागेका हुन।
सम्मेलनमा सहभागी राष्ट्र प्रमुख र सरकार प्रमुखहरुसँग द्धिपक्षीय भेटवार्ता हुने तय भएको छ। प्रधानमन्त्री प्रचण्डले सम्मेलनलाई सम्बोधन गर्ने पनि कार्यक्रम रहेको छ ।
भ्रमणका क्रममा प्रचण्ड नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा पनि सहभागी हुने जनाइएको छ।
प्रकाशित मिति : २०७९ फाल्गुन १४ गते आइतवार