२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

कतार नेपाली एकता समाजको अध्यक्षमा पराजुली

दोहा – कतार नेपाली एकता समाजको तेस्रो राष्ट्रिय भेला बाट अर्घाखाँची निवासी राम प्रसाद पराजुली अध्यक्षमा निर्बिरोध निर्वाचित भएका छ्न ।

“संसारका मजदुर एक हौं” राष्ट्रियता गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गरौं, प्रवासी नेपाली हरुको मतदानको लागि संघर्ष गरौं भन्ने मुल नाराका साथ सम्पन्न गरेको एकता समाजको यस तेस्रो राष्ट्रिय भेलाले पराजुली समित सम्पूर्ण कार्यसमिति निर्बिरोध निर्वाचित गरेको हो l

समाजका कार्यवाहक अध्यक्ष राम प्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा एकता समाज अन्तर्राष्ट्रियका महासचिव लुमाकान्त पुन को प्रमुख आथित्यमा रहेको थियो । कार्यक्रममा दोहामा क्रीयासिल विभिन्न बैचारिक, जिल्लागत संघसंस्था, पत्रकार महासंघ कतार , राष्ट्रिय लोकदोहोरी प्रटिष्ठान कतार  तथा समाजमा आबद्द विभिन्न एरिया इकाइ अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

औपचारिक रुपमा संचालन गरिएको कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष लक्ष्मण कोइरला राखेका थिए भने  रक्तिम कलाकार हरुले “स्वागत छ एकताको झन्डामुनि सबैलाई स्वागत छ” बोल्को गीत प्रस्तुत गरेका थिए ।

नेपाली जनसम्पर्क समिती कतारका कार्यवाहक अध्यक्ष ठाकुर कुमार परियार, प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष प्रभात त्रिपाठी, जनप्रगतिशील मञ्च कतार बाट बिकास गैरे, प्रवासी नेपाली एकता मञ्च कतारका कार्यवाहक अध्यक्ष गणेश ढकाल, अन्तर्राष्ट्रिय नेपाली समाज कतारका अध्यक्ष राजाराम शाहि, जनप्रग्तिसिल मोर्चा का अध्यक्ष रबिन पुन  लगायत सस्था हरुले आफ्नो सुभकामना मन्तव्य राखेका थिए एकता समाजले नेपाली श्रमिकहरुको हितको लागि गरेका काम र एजेन्डाको बारेमा चर्चा गरेका थिए ।

प्रमुख अतिथि अन्तर्राष्ट्रिय महासचिव लुमाकान्त पुनले कार्यक्रममा उठेका विषयहरु प्रष्ट पार्दै आफ्नो सङ्गठनको उदेश्य बारेमा बताएका थिए । कतारमा मात्रै नभएर बिस्वभरिकै एनआरएनमा हाम्रो सङ्गठन आवद्ध नभएको प्रष्ट पारे । नेपाल सरकारले “सार्क राष्ट्र बाहेक” का देशमा  १८० दिन भन्दा धेरै बसेको नेपाली लाई गैरआवासीय नेपाली भनेपनि यहाँ एनआरएनएको पार्सद बन्न २ बर्ष नै किन काट्नुपर्ने भन्दै प्रश्न गरे  । हाम्रो संगठनले एनआरएन लाई मान्दैन भन्ने जुन भ्रम छ त्यसो हैन हामिले एनआरएनले गर्दै आएका राम्रा काम सास्कृतिक सामाजिक र कुनै पनि समस्यमा परेका मज्दुर हरुको हकहितका लागि गरिएको काममा हामी र हाम्रो संगठन पुन साथमा रहेको जानकारी पनि दिए l

May be an image of 10 people and text

सन : २०११ मा आफ्नो संस्थाले नितिगत सिद्धान्त लागु गरेपछि एनआरएनएको केही सदस्यता लिएका साथीहरुलाई फिर्ता बोलाएको स्मरण गरे  । एकता समाजले लिएको निति, सिद्धान्त  किलिएर रहेको बताउदै प्रमुख अतिथि महासचिव पुनले गतल प्रकृतीलाइ आफ्नो संस्थाले कहिले स्विकार्न नसक्ने र राम्रो कामलाई सधै साथ सपोर्ट रहने बताए ।

प्रवासी नेपाली हरुले मतदान गर्नेकुरा आफ्नो संस्थाले  स्थापना काल देखिनै उठाउदै आएको बताउदै एकता समाजले लिएको निति, सिद्धान्त हरु लागू गरेको खण्डमा देश समृद्धि बन्न सक्नेमा जोड दिदै आफ्ना महत्त्वपूर्ण भनाइ हरु राखेका थिए ।

कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउनको लागि रक्तिमका कलाकारहरु श्रवण मल्ल ,हिरा शर्मा बल्देब राना ,बिमल भुसाल हुमाकान्त आचार्य लगायत कलाकार हरुको रक्तिम साँस्कृतिक प्रस्तुती
सहित देश भक्त गीत “मदेसी पहाडी हामी सबै नेपाली” लगायतका गीतमा प्रस्तुति रहेको थियो ।

समाजका केन्द्रिय सदस्य मीन पुनले  संचालन गरेको कार्यक्रममा बोल्दै सभाअध्यक्ष राम प्रसाद पराजुलीले २००५ देखि कतारमा रहेर काम गर्दै आएको र यहाको हरेक समस्यलाई नजिकबाट नियालेको हुदा र  आफ्नो सङ्गठनले प्रवासमा रहेका श्रमिक नेपालीहरुको हक अधिकारको निम्ति अग्रपंक्तिमा रहेर काम गर्न पाँउदा खुशी व्यक्त गर्दै  कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने र उपस्थिति सम्पुर्णमा धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए l

भेलाले निम्न कार्यासमित निर्बिरोध निर्चाचित गरेको छ l

अध्यक्ष :  राम प्रसाद पराजुली
प्रथम उपाध्यक्ष : कमल आचार्य
दृतिय उपाध्यक्ष : अमिना खान
महासचिव : मिन राज पुन
सचीव : बलदेव राना
कोषाध्यक्ष : लक्ष्मण कोइरला
सदस्यहरुमा क्रमश : लुमा कान्त पुन, खिम बहादुर बुढा, सत्य ब.पुन,खगेशाेर भुसाल, टुक ब.थापा, हुमाकान्त आचार्य,तेज नारायण शर्मा, थमन थापा,उद्दव मगर, गिरि काउछा, जानुका बस्नेत,हरि शर्मा, रन ब. नेपाली, हिरा शर्मा,चेतन बन्जाडे गरि २१ जना पुर्ण सदस्य र  ४ जना
बैकल्पिक सदस्यहरुमा दिपेश भन्डारि, लिलाकान्त चालिसे, थम्मन पुन, र दिल बहादुर बि.क रहेका छ्न । सल्लाहकार हरुमा टेकराज थापा, मीन ब.बिक र टिकाराम बटाला रहेका छ्न ।

प्रकाशित मिति : २०८० असार १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस